गाउँपालिकामा २ सय ३० जनालाई किशोरी शिक्षा प्रदान।



सरिता चलाउने, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाले २ सय ३० जना किशोरीहरुलाइ किशोरी शिक्षा प्रदान गरेको छ । आधारभुत तथा माध्यामिक तहका छात्राहरुको लागी नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कपुरकोट ४ किमुचौरमा किशोरी शिक्षा कार्यक्रम प्रदान गरको हो ।

किशोरीहरुको महिनावारि स्वच्छता, प्रजनन स्वास्थ्य, बाल विवाह न्युनिकरण तथा आइपर्ने समस्या समाधान संगै नेतृत्व विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारीले जानकारि दिनुभयो ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपलिकाका प्रमुख भिम बहादुर सेनले किशोरीहरुको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै बाल विवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्य गर्न विभिन्न कार्यक्रम आफुहरुले सञ्चालन गरिरहेको बताउनु भयो ।

उहाले बिहेवारी २० वर्षपारि भनिए पनि पालिकामा अधिकतम किशोरी बाल विवाहको सिकार हुने गरेकाले स्वयम किशोरी आफैमा सचेत बन्नुपर्नेमा जोड दिनु भयो ।

गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सानै उमेरमा विवाह गर्दा अनेकौँ समस्या भोग्नुपरेको भन्दै पिडित महिलाहरु न्यायीक समितीमा आउने गरेको बताउनु भयो । उहाँले किशोरी शिक्षाले कम उमेरमै हुने विवाहलाइ रोक्ने र यसले समग्रमा समाजको स्वास्थय अवस्था मजबुत हुने विश्वास ब्यक्त गर्नुभयो । कपुरकोट ४ का वडाध्यक्ष हरिलाल पुनले किशोरीहरुले आफ्ना समस्या खुलेर अभिभावक र साथीहरुसंग राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्