कृषकको खेत धाउँदै जनप्रतिनिधि, आबश्यकताको आधारमा बजेट



ललित सिंह, चैनपुर, बझाङ ।

यति बेला प्रत्यक कृषको खेतवारी र घर आगन धाउदै डाईरीमा उनका माग संक्लन गर्न थालेका छन खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष र्बक बहादुर रोकाया उनी भन्छन अषारको महिना हो हेरेक कृषको खेतमा मैले पुग्नै पर्छ न पुगे मलाई राती निन्द्रा नै लाग्दैन ।

अध्यक्ष रोकाया भन्छन कसैको खेतमा गोरु जोत्यने त कसैको दाई (भाडेतोन्ने खेत सम्म पाने ) काम गर्छु यति गरे मात्र म सन्तुष्टी लिदैन अब केहि दैनिमा संञ्चालन गरिने आ.व. ०७६—०७७ को गाउँपालिकाको गाउँ परिषदमा लैजान अहिले कृषका समस्या बुझेर उनीहरुको हितमा हुने गरि बजेट बनाउने तयारीमा छु ।

घरमै बसेर उनको समस्या थाहा हुदैन । उनीहरुको लागी चाहिने कुलो, बाटो, मल बिउ, र कृषि औजार, हातेट्रयाक्टर संगै ब्यबसायीक तरकारी खेती,फलफुल खेती देखि बाख्रा र गाई भैसि पालन गर्न के चाहिने हो त्यो उनीहरु बाटै माग लिन खेतमा पुग्ने गरेको हो ।

गाउँपालिकाले आफु सुहाउदौ निति तथा कार्यक्रम बनाए र हुदैन गरिब कृषकको आबशयकता लाई ध्यान दिनु जप्रतिनिको जिम्मेवार हो । भोट माग्दा नेताले जनतालाई धेरै आस्वसन दिन्छन । चुनाव जिते पछि भुल्ने गर्छन ।

त्यसो गरे राम्रो हुदैन ।जनताको काम गरेको भए र मलाई द्रोसो पटक जनताले चुनाव जिताए । पहिले म साबिक माझिगाउँ गाबिसको अध्यक्ष पदमा ५४ सालमा बिजय भएको थिए । माओबादीले दन्द्रको समयमा दुबै खुट्ट भाँचि दिए जनताले नै मलाई बचाएका हुन । म जनताको सेवक हु नेता हैन ।

जनताको खेतवारी र घर आगनतमा गाउँपालिकाको बिकास निमार्णको निति तय गर्न भने उनी एकैले पुगेका छैन । उनी संग वडा अध्यक्ष मंगल सुनार ,भिम रोकाया लगाएतका जनप्रतिनिधि रहेको छन । महिला र कृष मैत्रिक बजेट बनाउने गाउँपालिकाको अभियान रहेका उनीहरुको भनाई रहेको छ ।

मदिरा सेवन गरि हो हल्ला गर्न र बिक्रि तिर्ण गने ब्यतिm बाट उठेको पैसाले बृद्राहरुका दाँत हाल्ने देखि आफुले बुझेको पैसा बिद्यालयमा अध्यनरत गरिब बिद्यार्थीको बिद्यालय पौसाक कापी कलम र निजि शिक्षकको तलब भतmामा लगानी गर्न रोकाया बझाङ नमुना अध्यक्ष बन्न थालेका छन ।उनी जनताको सेवा गरेर बचेको समयमा आफनो निजि नर्सरी र तरकारी बारीमा ब्यस्त हुने गर्छन ।

खप्तड छान्ना गाउँपालिका भष्टचार मुतm गाउँपालिका बनाउने अभियानमा आफु जुटेको भए पनि ठेक्दा र उपभोतmा समितिले प्राबिधिक स्टमेटको भन्दा केहि कृते काम गररे प्रदेश बाट आएको बजेटमा जनता ठगेको छ ।सडक माथि सडक कुलो माथि मुलो खानेपानी माथि खाने पानी भएकोले जनतालाई ठगीएका छन यस्तो काम तुरुन्त रोकीनु पर्छ ।

उमेरले ७३ बर्ष भयो पंञ्चायत देखि बहुदल हुदै लोकतान्त्रीक गण तन्त्र सम्म आईपुग्दा सम्म धेरै जनालाई भोट दिए भोट माग्दा सबैले लोभ देखाए पनि चुनाव जित्य पछि चिने पनि नचिने झै गनै गथे अहिले खप्तड छान्ना गाउँपालिकाले खेतमा पुगेर काम गरे संगै हाम्रा माग समेत टिपेर लिएकोमा आफुलाई निकै खुशी लागेको स्थानिय कृषक मकर रोकायाले बताए ।

उनले भने जनप्रतिनिधि भने पछि जनताको पिरर्मका बुझने हुने पर्छ ।

अहिले खप्त छान्ना गाउँपालिकाले प्रत्यक वडा देखि गाउँपालिका भित्रका हरेक जनप्रतिनिधिले आफनो क्षेत्र अधिकार भित्र पुगेर माग संकलन गर्नु पर्ने निति बनाएकोमा आफुलाई साँचै गाउँमा जनताको सरकार आएको महसुर भएको स्थानिय प्रशकास खातीले बताए ।

उनले भने राम्रो कामको सुरुवाती गरेको छ । यो दिर्घकालीन हुनु पर्छन ।खप्तड छान्ना गाउँपालिकाको सिको जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाले गरे राम्रो हुन्छ । जनताकोलागी बजेट बनाउने भए पहिले जनताको समस्या के हो बुझनु पर्छ ।त्यस पछि उनीहरुको मागमा आधरीत बजेट बनाए बिकास हुन्छ ।

जिल्लामा २ नगरपालिका र १० गाउँपालिका भए पनि सबै जनप्रतिनिधिले आफु चाहेको निति नियम बजेट बनाई रहेका अबस्थामा खप्तड छान्ना गाउँपालिकाले भने कृषका साझा समस्याको परिचाहन गर्न थालेको छ ।

फोटो क्याप्सन ः माग संक्लन गर्न कृषको खेतमा पुगेका खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष र्बक बहादुर रोकाया कृषको बिचमा कालो स्टकोट र ढाँका टोपी लगाए महिलाको बिचमा आफना सर्कमीका साथ उभिएर खेतमा फोटो खिज्दै

प्रतिक्रिया दिनुहोस्