सात तल्ले भवन ढल्दा सातको मृत्य



नोमपेन्ह,(एजेन्सी)
क्याम्वोडियामा शनिवार एउटा सात तल्ले भवन ढल्दा कम्तिमा सातजना मानिसको ज्यान गएको तथा अन्य थुप्रै संख्यामा अझै हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

घाइते भएका कमितमा एकाइस जना मध्ये पनि अधिकांहको हालत चिन्ताजनाक रहेकाले मृतकको संखया बढ्न सक्ने बताइएको छ । साँझ सम्म पनि ढलेको भवनको भग्नावशेष भित्र जिवित व्यक्तिहरु खोजने काम जारी रहेको थियो । समुद« तटिय शहर सिहाननोक्भिललेमा निर्माणाधिन यो भवन एउटा चिनिया कम्पनीको स्वामित्वमार रहेको स्थानिय संचार माध्यमले पुष्टि गरेको छ ।

केहि वर्ष यता यस शहरमा चनिबाट निर्माण गरिएका चिनिया होटेल र क्यासिनोहरको संख्यामा बृद्धि हुँद ैगइरहेका ेछ । यस दुर्घटना लगत्तै प्रहरीले सो चिनिया भवनका मालिक , निर्माण कम्पनीका प्रमुख र ठेकेदार लगायत चारजना व्यत्तिलाई गिरफतार गरेको छ । यस सम्वन्धमा सोधपुछका लागि एकजना कयाम्वोडियाली ठेकेदारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारी अधिकारीले शुरुमा मृतकको संख्या तीन रहेको बताएकोमा त्यसलाई नगरी प्रहरी आयुक्त ठुल फोर्सदाले सात पुगेको पुष्टि गरेको हो । मारिनेमा तीनजना क्याम्वोडियाली भएको यकिन भएके छ ।

तिनीहरुमध्ये दुईजना कामदार तथा एकजना भाष अनुवादक रहेको बताइएको छ । प्रन्तिय गवर्नरले प्रायश सो निर्मास्थलमा करिव पचास जना कामदार रहने गरेको जानकारी दिएका छन् । पत्रकारहरुले हराइरहेका व्यक्तिको निश्चित संख्या उल्ेलख गर्न सकेका छैनन् । पछिल्ला वार्षमा भएको भवन सम्बन्धी यो सबैभन्दा भयावह दुर्घटना भएको बताइएको छ ।

यस घटनापछि यस शहरका अन्य भवनहरुको सुरक्षा माथि पनि प्रश्नहरु तेर्सिएका छन् । यस घटनापछि अब त्यहाँ चिनिया विरोधी भावना फैलिने संभावना पनि बढेको छ । विगतमा माझीहरको मात्र वसोवास हुने गरेको एउटा सानो गाउँको रुपमा चिनिने यो क्षेत्र सन् २००० देखि पर्यटकिय स्थलको रुपमा तिव्र गतिमा विकास भएको हो ।

प्रतिक्रिया दिनुहोस्