ट्रम्पद्वारा बलात्कार आरोप अस्वीकार



वासिंगटन,(एजेनसी)
ट्रम्पले नब्बे दशकको मध्यतिर एउटा डिपार्टमेन्ट स्टोरको ड्रेसिंग रुममा एकजना महिलालाई वलात्कार गरेको भनी आफुलाई लगाइएको आरोप ‘ काल्पनिक ’ भएको भन्दै खण्डन गरेका छन् । साथै ट्रम्पले पिडित बताइएकी ति इ. जिन क्यार्रोल नामक महिलासंग आफुले कहिल्य ैनभेटेको र यो पत्रिका बिकाउने नयाा चाल भएको पनि बताएका छन् ।

तर क्यार्रोलले भने एकजना साथीले मुद्धा जित्ने कुन ैसंभावना नभएको बताएपछि त्यतिवेला आफुले सो अन्यायबारे प्रहरीमा जाहेरी जगरेको बताएकीछिन् । उनको यो कथा शुक्रवार न्युयोर्क पत्रिकामा छापिएको हो । यसअघि पनि ट्रम्प माथि एक दर्जन् भन्दा बढि महिलाले यौन दुव्यवहार गरेको अभियोग लगाइसकेका छन् । तर ट्रम्पले ति सम्पूर्ण अभिायोग अस्विकार गरेका थिए ।


पत्रिकालाई क्यार्रोलले बताएकीछिन् , ‘ संभवत यस्तै सन् १९९५को उत्तरार्ध वा १९९६ को शुरुमा मैले ट्रम्पलाई बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरमा भेटेकी हुनुपर्छ । मैले उनलाई ‘ रियल स्टेट टाइकून ’ को रुपमा चिनिहालें । ट्रम्पले आफु एक बालिकालाई उपहार किन्न आएके बताएका थिए । उनले मलाई टिभी कलाकारको रुपमा चिने । हामी दुवैले ऋऋख्याल ठटा गर्दै केहि भित्री वस्त्र लाइन्जरी किन्ने विचार ग¥यौं । हामी त्यसपछि उउटा ड्रेसिंग रुममा गायौं । त्यहिँ उनले मलाई जवर्जस्ती गरे । मैले यसबारे दुईजना साथीलाई बताएँ । एकजनाले प्रहरीको सहयोग लिने सल्लाह दिए । तर अर्कोले भने ट्रम्पसंग २ सय जना त वकिलै रहेको भन्दै तर्साए । ’

घटनाको समय ट्रम्प र क्यार्रोल दुवै करि पचास वर्षका थिए । ट्रम्पले पछि मार्ला म्यापल्ससंग विवाह गरेका थिए । क्यार्रोलले पत्रिका मार्फत यौन दुव्र्यवहारका ेआरो पलगाएका छ जना व्यक्ति मध्ये सिबिएसका पुर्व प्रमुख कार्यकारिणी अधिकारी लेस मून्भेस पनि रहेका छन् । यौन दुराचारका आराेप लागेपछि उनले सन् २०१८ मा सिबिएसबाट राजिनामा लिएका थिए ।

सम्पूर्ण अभियोग कपोकल्पित बताउँद ैट्रम्पले न्युयोर्कको डिपार्टमेन्ट स्टोर बर्गडोर्फ गुडम्यानलाई उक्त घटना भएके बताइएको समयमा खिँचिएको भिडियो फुटेजमा त्यस्तो आपत्तिजनक कुनै दृश्य नरेहको बताएकोमा धन्वाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्