इरानमाथिको अमेरिकी हमला अचानक रोकियो



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले युद्ध नचाहेको तर यदि द्वन्द्व शुरु भएको खण्डमा इरानले विनाशलिला सामना गर्नुपर्ने चेतावनी दिएका छन् । शुक्रवार एनबिसिका पत्रकार चक टोडसंग कुरागर्ने क्रममा ट्रम्पले अमेरिका इरानसंग बिदमान समस्याबारे वार्ता गर्न तयार रहेको तर इरानलाई आणविक हतियार विकास गर्न नदिइने बताएका छन् ।

उनले यसैसाता इरानले मानवरहित अमेरिकी ड्रोन विमान खसालेपछि त्यसको बदलामा इरान माथि आक्रमण गर्त तय भइसकेको योजनालाई अन्तिम समयमा फिर्ता लिएको रहस्य पनि खोलेका छन् । उनले आफुलाई अमेरिकी सैनिक सुत्रले सो आक्रमणमा १ सय ५० जना इरानी मारिन सक्ने बताएको जानकारी पनि दिएका छन् ।

उनले सोही कारण आफुलाई आक्रमण सही नलागेको बताएका छन् । यता इरानले पनि यदि अमेरिकाले आफुमाथि एउटा मात्र गोली चलाए पनि त्यसको परिणाम भयावह हुने चेतावनी दिएका छन् ।

तेहरानले अमेरिकी ड्रोन विहिवार विहान सवेरै आफ्नो हवाइ क्षेत्रमा प्रवेश गरेको दावी गरेको थियो । तर अमेरिकाले भने आक्रमणको समयमा आफ्नो ड्रोन अन्तर्राष्ट्रिय हवाइ क्षेत्रमा रहेको बताएको थियो ।

सोही क्षेत्रमा अर्थात गल्फ अफ ओमानमा अमेरिकाले दुईवटा तेल बोकने जहाजमा इरानले आक्रमण गरेको अरोप लगाएपछि यि दुई मुलुकबिच तनाव चर्र्किएको हो । इरानले सो आरोप अस्विकार गरेको थियो ।

त्यसको लगत्तै इरानले आफुले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रसंग गरेको आणविक सम्झौता विपरित आफ्नो प्रशोधित युरेनियमको भण्डार परिमाणको सिमा तोड्ने चेतावनी दिएको थियो । गत वर्ष मात्र ट्रम्पले अमेरिका उत्तर सम्झौताबाट अलगिएको औपचारिक घोषणा गरेका थिए । इरानसंगको सो समझौतामा अमेरिका लगायत वेलायत , चीन , फ्रान्स , रसिया र जर्मनीले हस्ताषर गरेका थिए ।

यसैबिच अमेरिकाले इरानसंगको वर्तमान समस्या माथि छलफल गर्न आइतवार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बसाउन अनुरोध गरेको छ । डेमोक्रेटिक सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमण नगारएकोमा खुशी लागेको तथा सैनिक कारवाहि पुर्व उनले कंग्रेसको अनुमति लिनुपर्ने पनि बताएकी छिन् ।

तर हाउसको शसस्त्र सेवा समितिका अध्यक्ष डेमोक्रेटिक एडम स्मिथले भने अमेरिकाको यस गोप्य योजनालाई ट्रम्पले सार्वजनिक गर्न नहुने विचार प्रकट गरेका छन् । केहि अमेरिकी संचार माध्यमले भने रक्षा विभाग अर्थात पेन्टागनले इरानमाथिको आक्रमणका लागि सिफारिश गरेको बताएको छ ।

तर अन्य केहिले भने पेनटागनका अधिकारीहरुले सैनिक कारवाहीबाट निस्कने प्रतिक्रियाको कारण सो क्षेत्रमा तैनाथ अमेरिकी फौजलाई खतरा हुने बताएको जनाएका छन् । अमेरिकी विदेशमन्त्री मायक पोम्पियो र रािष्ट्रय सुरक्षा सल्लाहकार जोहन बोल्टनले कडा अडान लिनका दावा दिएको तथा कंग्रेसका नेताहरुले भने सावधानी अपनाउन सल्लाह दिएको एसोसियटेड प्रेसले जनाएको छ ।

अमेरिकी संघिय उडयन प्रशासन ( एफएए) ले विहिवार सााझ अमेरिकी एयरलायन्सहरुलाई तेहरान नियनित्रत हवाइ क्षेत्र नजिकको जलिय क्षेत्रमा उडान नगर्न आपतकालिन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्