उखर्माउलो गर्मीमा सावधान !



देशमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । उखर्माउलो रुपमा गर्मी बढेसँगै स्वास्थ्य सम्बन्धि समस्याहरु देखिन थालेको छ । केही जिल्लामा अत्याधिक गर्मी बढेपछि विद्यालय नै बन्दसमेत गरिएको छ । गर्मीमा स्वास्थ्य सावधानी अपनाउन सके विभिन्न रोगको संक्रमणबाट जोगिन संभव छ ।

गर्मीका कारण डिहाइड्रेसन, लु, आँखा पोल्ने समस्या, फुड पोइजनिङ लगायतको खतरा पनि बढ्छ । तीव्र रुपमा ब्याक्टेरिया गर्मिमा फैलिने गर्दछ । त्यसैले पनि आफैँ सचेत हुन आवश्यक छ । गर्मी लगत्तै वर्षात् शुरु हुने हुँदा बाढी पहिरोको समस्या पनि त्यस्तै देखिने गर्दछ । समग्रमा प्राकृतिक परिवर्तनको असर नेपालमा देखिदै आएको छ । नागरिकमा चेतना बढ्न सकेमा गर्मिले व्यापक समस्या आउँदैन ।

तसर्थ, नागरिकले गर्मिको सावधानी अपनाउनुपर्छ । गर्मी याममा शरीरमा पानीको मात्रा कम भएको हुन्छ । त्यसैले सामान्यजस्तो देखिने रोगले पनि चाँडै आक्रमण गर्छ । यस्तो बेलामा पानीको मात्रामा कमी आउन नदिने र सामान्य विरामी हुँदा पनि अस्पताल जानका लागि स्वास्थ्य सचेतनाको जरुरी पर्दछ । यति बेलाको सबैभन्दा खतरा भनेको दूषित पानी नै हो । हरेक वस्तीमा पानीको परीक्षण गरी दूषित पाइएमा तत्काल प्रशोधन वा औषधि वितरणको व्यवस्था मिलाउन पनि स्थानीय सरकारले ध्यान दिनु जरुरी छ । अतः गर्मीमा स्वास्थ्य सावधानी अपनाउनुपर्छ ।
– कञ्चन शर्मा, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्