प्रेमकथामा लभ यु हमेसा



आगामी भदौ ६ गते दर्शकमाझ आउने प्रेमकथाको फिल्म लभ यु हमेसाको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

भाष्कर प्रधानद्वारा निर्देशित फिल्मको आइडियल डिजाइनर्सले डिजाइन गरेको विभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योञ्जन देखिन्छन्।

धर्मा क्रियसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज, ऋचा र फिजाका साथमा शिशिर राणा, गोपाल ढकाल ‘छन्दे’, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिने यसको निर्माण समूहले जानकारी गराएको छ।

निर्देशक भाष्करकै कथा, भासुको संगीत, कमल राईको कोरियोग्राफी, एनबी महर्जनको द्वन्द्व निर्देशन र शिव ढकालको छायांकन रहेका फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्