कीर्तिपुरलाई क्लिन चिट



राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा निर्माण गरिएको फिल्म कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी आगामी असार १३ गते देशभर प्रदर्शनमा आउने भएको छ। यो फिल्म लामो समय सेन्सर बोर्डमा अड्किएर क्लिन चिट पाएपछि आगामी शुक्रबार रिलिजमा आउने भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

फिल्मको ट्रेलर केही समयअगाडि रिलिज गरिएको थियो भने नयाँ गीत सार्वजनिक गरिको छ। गीतमा कीर्तिपुर आक्रमणका दृश्य समावेश गरिएको छ। निर्देशक प्रदीप खड्गीले फिल्ममा ९० प्रतिशत भीएफएक्स प्रयोग गरिएको बताए। खड्गीले फिल्म उत्कृष्ट बनेको दाबीसमेत गरेका छन्। साहित्यकार वासु पासाद्वारा लिखित भैरवसिंह नामक उपन्यासमा आधारित भएर निर्माण गरिएको कीर्तिपुरमा नेपालभाषाको लोकप्रिय फिल्म राजमतिकी नायिका हिसिला महर्जनले कीर्तिलक्ष्मीको शीर्ष भूमिकामा अभिनय गरेकी छिन् भने उनको पतिका रूपमा उनकै कलाकार पति मणिराज लवटले अभिनय गरेका छन्। पृथ्वीनारायण शाहका रूपमा अभिनेता यशराज गराच देखिने छन्।

त्यसै गरी काजी धनबज्रको भूमिकामा मदनदास श्रेष्ठ, वीर नरसिंहको रूपमा विनोद श्रेष्ठ, मकर सिंहको रूपमा सुशील राजोपाध्याय, मानवीरको रूपमा सुन्दरलाल श्रेष्ठ, भुयुमायाको रूपमा लक्ष्मी गिरी, चिनी मायाको रूपमा मञ्जु श्रेष्ठ, सुरप्रतापको रूपमा सुनील भट्टराई, कालु पाण्डेको रूपमा उदय श्रेष्ठ तथा अन्य भूमिकामा शूरवीर पण्डित, सञ्जय शर्मा राजोपाध्याय, शिला सायमी, रश्मी नापितलगायतले अभिनय गरेका छन्।

फिल्ममा कला निर्देशक केके मानन्धर, सिनेमाटोग्राफी नवीन जोशी र शंकर महर्जन, द्वन्द्व उदय श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्