भारतीय कारबाट ३७ किलो गाँजा बरामद



हेटौंडा ।
हेटौंडामा प्रहरीले एक भारतीय कारबाट गाँजा बरामद गरेको छ । बुधबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरीक्षक अरुणकुमार कुसवाहासमेतको टोलीले गाँजा बरामद गरेको हो ।

हेटौंडा–९ स्थित पूर्वपश्चिम लोकमार्गमा चेक गर्ने क्रममा हेटांैडाबाट पथलैयातर्फ जाँदै गरेको बीआर–०१ सीएन ६९८६ नम्बर कार चेक गर्दा गाँजा बरामद भएको थियो ।

कारचालक पर्साको पटेर्वा सुगौली–१ बस्ने वर्ष ३२ का साम मोहम्मद, कारका यात्री भारत बिहार बैशाली मोहनपुर चैदाबाद बस्ने वर्ष २४ का मनिष कुमार र भारत बिहार जिल्ला नालन्दा मगई नोगवा उमेदनगर बस्ने वर्ष ४५ की अन्नुदेवी पासवानले कारको डिकीमा फल्स बटम बनाएर २४ वटा प्लास्टिकले बेरी लुकाइल्याएको ३७ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्