सबै गुठी विधेयक जनताको हीतमा छैन, छलफल गरेर विधेयक ल्याउने सोचेका छौँः प्रचण्ड



विजय नेपाली, पोखरा ।
नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै गुठी जनता र किसानको हीतमा नभएको बताउनुभएको छ ।
गृहकार्य नै नगरी गुठी विधेयक ल्याउने तयारी भएको कारण सरकारले फिर्ता गरेको बताउनुभयो । सबै गुठी एकै प्रकारको नभएको बताउदै सरोकारवाला सङ्ग छलफल गरि विधेयक ल्याउने सोच रहेको अध्यक्ष दाहालले बताउनुभयो । प्रेस संगठन नेपाल कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आवश्यक परामर्श गरि बनाउने बताउनुभयो ।

“ विधेयकमा के छ भन्ने तर्फ हेर्नुभन्दा पनि एउटा सेन्टिमेन्ट आयो र सेन्टीमेन्टमा कुद्ने स्थिती पनि बन्यो, अर्को तर्फ विधेयक निर्माणको क्रममा सरोकार निकायसंग सल्लाह गरेर उनीहरुको राय सुझाव लियर पार्टी र सरकार भित्र पनि प्रयाप्त गृहकार्य गरेर विधेयक ल्याउनुपर्नेमा अपुग पनि देखा पर्यो, सबै गूठीलाई एकै थलोमा नराखि छुट्याउने कुरा सिकियोू उहाँले भन्नुभयो । त्यस्तै पार्टी एकताको बारेमा समेत बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकताको प्रक्रियामा गरेका सहमती समझदारी हस्ताक्षर गरे पछि बोल्नु भन्दा पहिले सार्वजनिक भइसकेको बताउनुभयो । ू मैले बोल्नुभन्दा पहिले नै कुरा बाहिर आयो, यहाँ कोहि खेल्न खोजेको छ “पहिला मैले आलोपालो भने पनि पाचै बर्ष भन्ने कुरा पनि सत्य होइन, हिजो जे सुकै सहमती भएको भए पनि अब बदलिएको नयाँ परिस्थितीमा सहमतीले पाचै बर्ष सरकार जान्छ जान सक्छ भन्ने कुरा पनि त्यही बेला भनेको छु । ” उहाले भन्नुभयो ।

आफुले भनेको कुरा चाहि मिडियामा र बाहिर चर्चा विल्कुलै नगरि बंग्याएर अर्को एउटा पाटोलाई मात्र जोड गर्दा आफ्नो चुरो कुरो भाचिएको र गलत सन्देश गएको ठम्याइ उहाँको छ । ूहिजो मात्रै प्रधानमन्त्री ज्युसङ भेटवार्ता भएको छ, अब ठुलै धक्का दिएर सबै टुंगाउने गरी जाने भन्ने कुरा भएको छ, पर्सि सचिवालयमा बसेर यस्को टुंगो लाग्नेछ । ू

रत्नमन्दिर र हिमागृह सर्वसाधारणका लागि खु्ल्ला गर्न पहल गर्छु

त्यस्तै पोखराको पर्यटन प्रवर्द्धन गर्न र पर्यटकको बसाइ लम्ब्याउ फेवाताल किनारमा रहेको रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खुल्ला गर्न काठमाडौं गए लगत्तै पहल गर्ने बताउनुभएको छ ।

पोखरामा पर्यटनको नयाँ गन्तव्यको लागि पनि रत्नमन्दिर र हिमागृह खुलाउनु पर्नेमा जोड दिदै उहाले पोखराको पर्यटन विकासमा कुनै कसुर बाकी नराख्ने धारणा व्यक्त गर्नुभयो ।

“ यो हिमागृह र रत्नमन्दिरलाई आम जनताको लागि खुल्ला गराउनै पर्छ, यो खुल्ला गराउन धेरै समस्या छैन, क्याविनेटमा निर्णय हुने बित्तिकै खुल्ला हुन्छ ू उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्