गोकर्णेश्वरमा बस दुर्घटना हुँदा एकको मृत्यु, २० जना घाइते



काठमाडौँ ।
काठमाडौं गोकर्णेश्वरमा बिहीवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना यात्रु घाइते भएका छन् । बा १ ख ८७४४ नम्बरको सुन्दरीजलबाट गोकर्णेश्वर हुँदै रत्नपार्क आउँदै गरेको बस दुर्घटना भएको हो ।

दर्घटनामा बसका सहचालकको मृत्यु भएको हो तर उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । अन्य घाइते ३० जनाको अत्तरखेलस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्