फूल रोपेर युवालाई रोजगार



हेटौंडा । हेटौंडा–१८, हर्नामाडीमा रहेको गुम्बाडाँडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । हेटौंडाका १९ वटा वडामध्ये हर्नामाडीबाट हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले कार्यक्रम सुरु गर्नुभएको हो ।

गुम्बाडाँडामा नमूनाका रुपमा फूलको बगैंचा बनाउँदै कार्यक्रम सुरु गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कामका लागि पारिश्रमिक दिने उद्धेश्यले हेटौंडामा पहिलो पटक काम सुरु गरिएको छ ।

हर्नामाडीमा फूलै फूलको बगैंचा बनाएर पर्यटकीय क्षेत्र बनाउन सहयोग गर्ने उद्धेश्यले कार्यक्रममा निबेदन परेकालाई रोजगार दिइएको मेयर महतले बताउनुभयो । रोजगारीको अभाव भएकालाई काम दिएर स्वरोजगार बनाउन लागिएको बताउँदै उहाँले भन्नुभयो–गुम्बाडाँडालाई उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाउन सहयोग गर्छांै ।

गुम्बाडाँडामा पर्यटकीय क्षेत्र बनाउन कार्यक्रमअन्तर्गत् ५० जनालाई पहिलो चरणमा रोजगारी दिइएको उपमहानगर उपमेयर मीनाकुमारी लामाले बताउनुभयो । रोजगारबिहीन अधिकांश महिलालाई काममा लगाइएको छ ।

गुम्बाडाँडा पहिलेभन्दा सुधार गरिएको र अब थप राम्रो बनाउने अभियानमा लागिएकाले बजेट अपुग हुन नदिइने वडा अध्यक्ष अनिल बानियाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्