दिउँसै घर फोड्न खोज्ने भारतीय डकैतीलाई स्थानीयले समाते



भद्रपुर(ने.स) कार रिजर्भ गरेर दिउँसै डकैत गर्न आएका भारतीय समूहलाइ स्थानीयले पक्राउ गरी प्रहरीमा जिम्मा लगाएका छन् ।

झापाको भद्रपुर नगरपालिका क्षेत्रमा केही महिनायता दिउँसै घर फोरेर डकैती गर्ने गिरोह सकृय भए पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । पछिल्लो पटक भद्रपुर १० स्थित देउनिया खोला किनारमा रहेको वरपिपल टोलका उत्तम सुवेदीको घर मध्यान्न १ वजे डकैती गर्न पसेका दुई जना भारतीय डाकालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

यस्तै देवनियाको बाक्लो बस्तीमा रहेको विरेन तामाङको घरमा दिउँसै डेढ बजेतिर घरको दक्षिण तर्फबाट ढोका फोरेर गरगहना र पैसा लिएर भागिरहेको अवस्थामा भारत सिलीगुढीका शुभ राय र बैङ्लोरका राज र्मुर्मुलाइ स्थानीयले पक्राउ गरी प्रहरीलाइ जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डकैत र चोरी गर्न १० देखि १२ जनाको समूह बनाएर नेपाली बस्तीमा छिरेको उनीहरुले प्रहरीलाइ जानकारी दिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीयहरूले रङ्गे हात पक्राउ गरेका ती डकैतमा संलग्न एउटा मारुती लिएर डकैत गर्न नेपाल आएको बताएको स्थानीयले जानकारी दिए । डकैत गरेर भागिरहेका दुई जनालाई भद्रपुर १० र विर्तामोड ८ बाट पक्राउ गरिएको थियो ।
बिर्तामोड नगरपालिका–८ देवनियाँ नजिक दिउँसो डकैत गरेर भागिरहेको अवस्थामा स्थानीयको फन्दामा परेका थिए ।

समूहको रूपमा धेरै जना चोरी गर्न नेपाल आएको उनीहरुले बयान दिएका छन् । स्थानीयहरूले डकैत भएको गरगहना र पैसा सहित पक्राउ गरे पनि पक्राउ गर्दा पटक – पटक मारुतीमा बसेका र अर्का आरोपित डकैतमा संलग्न मकैवारिमा लुक्दै भागेका कारण डकैत गरेको समान र रुपैयाँ गायब भएको थियो ।

२ जनालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाए पनि अन्य बारे प्रहरी बेखवर हुँदा चोरीको त्रास भने नहटेको स्थानीय बताउँछन् ।

तामाङ्को घरबाट ५ तोला सुन र ४० हजार नगद सहित ८० हजार जतिको सरसामान डकैत गरेर लगेको पीडितले बताए । उनको ५ तोला सुन र नगद ४० हजार डकैत भएको छ । सिमापारका डकैत गर्नेहरु समूह बनाएरै गाउँ गाउँमा दिउँसै डकैत गर्न थालेपछि स्थानीयहरू आफूहरूलाई असुरक्षित भएको महसुस गर्न थालेका छन् ।

डकैत रोक्न प्रहरी कमजोर भएको समेत स्थानीयको दुखेसो छ । दिउँसै चोरी गर्नेलाइ पक्रन नसक्ने प्रहरीमाथि स्थानीयले प्रश्न चिन्ह खडा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्