सर्लाहीमा प्रहरी र विप्लवबीच दोहोरो भिडन्त, जिल्ला इन्चार्जको मृत्यु



नेपाल समाचारपत्र, काठमाडौँ ।
सर्लाहीको लालबन्दीमा बिहीवार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ । उक्त भिडन्तमा गोली हानाहान हुँदाप्रहरीको गोलीबाट विप्लवका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जंगलमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको प्रहरीले जनाएको छ । दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको प्रहरीको भनाई छ ।

चार जनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो। अन्य तीन जना फरार रहेको पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्