अंशवण्डाको विषयमा विवाद, आफ्नै घरमा आगजनी



यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको सैनामैनानगरपालिकामा अंशवण्डाको विषयमा घरायसी विवाद हुदाँ परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् ।
सैनामैनानगरपालिका वडा नम्बर १ की कुन्तादेवी घिमिरेको घरमा नीजकै माइलो छोरा २७ वर्षीय माधव घिमिरेले घरमा आगजनी गरेका हुन् ।

आगजनीबाट माटोको पर्खाल र टिनले छाएको एकतले घर र घरमा रहेका नगद, गरगहना, खाद्यान्न जलेर नष्ट भएका छन् ।
आगजनीवाट घरको दराजमा राखिएको २ लाख ५० हजार रुपैयाँ नगद, ७ तोला सुन, पलङ, टिभी, कपडा समेत गरी २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय रन्यौरा प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले बताउनु भयोे ।

परिवारका सदस्य घरबाट बाहिर निस्केको मौकामा माधवले घरमा आगो लगाएको प्रहरीले जनाएकोे छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
घरमा आगजनी गर्ने घिमिरेलाई पक्राउ गरि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्