अंकिश र प्रिशा मिस्टर र मिस एसईई



रिबन इन्टरटेनमेन्ट प्रालिले एसईई दिएर परिणामको प्रतीक्षामा बसिरहेका युवायुवतीका बीच राजधानीमा आयोजना गरेको मिस्टर एन्ड मिस एसईई अफ द इयर–२०१९ मा अंकिश श्रेष्ठ र प्रिशा गिरीले प्रमुख उपाधि चुमेका छन्।

अंकिश पब्लिक च्वाइस, फेसबुक च्वाइस, मस्ट ट्यालेन्ट, भ्युअर्स च्वाइस र युट्युब बेस्ट भ्युज उपउपाधिको विजेता भएका छन् भने प्रिशा मिस एसईईका साथमा बेस्ट सिंगर र युट्युब बेष्ट भ्युज उपउपाधिकी विजेता भएकी छिन्। पाँचौ संस्करणको प्रतियोगितामा अनन्त कँडेल र प्रीज्मा सापकोटा फस्ट रनर्सअप भएका छन्। प्रीज्मा फेसबुक च्वाइस र मस्ट पङ्चुअल पनि चुनिएकी छिन्।

त्यस्तै सुवास सापकोटा र सुरेशा श्रेष्ठ सेकेन्ड रनर्सअप भएका छन्। सुवास मस्ट पपुलर र सुरेशा फेशन आइकन पनि भइन् भने स्नेहा घिमिरे थर्ड रनर्सअपका साथमा मिस कन्जिनियालिटी र सन्ध्या अधिकारी फोर्थ रनर्सअपका साथमा बेस्ट डान्सर पनि चुनिइन्। प्रतियोगितामा पुरुषतर्पm रोहन खत्री मिस्टर ह्यान्डसम, सागर महर्जन मस्ट फ्रेन्डली, रिजन श्रेष्ठ मस्ट फोटोजेनिक र समीर खत्री बेस्ट पर्सनालिटी भएका छन्।

पूर्वप्रधान सेनापति रुकमांकद कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा युवतीतर्फ रिन्चेन तामाङ पब्लिक च्वाइस, भ्युअर्स च्वाइस र मस्ट ब्युटिफुल, प्रेरणा मेहता मस्ट पपुलर र मेनेजमेन्ट च्वाइस, सजना डंगोल बेस्ट र्याम्प, प्रिया केसी बेस्ट र्याम्प र ब्युटी विथ पर्पस, सलिना कट्टेल मिस ट्यालेन्ट, अञ्जु श्रेष्ठ बेस्ट हेयर, सन्ध्या महर्जन बेस्ट स्किन, लिजा श्रेष्ठ मस्ट डिसिप्लिन, काजल श्रेष्ठ मस्ट फोटोजेनिक, स्वस्तिका सुवेदी बेस्ट स्पिच, प्रस्तुति तिमसिना बेस्ट पर्सनालिटी, सुहाना न्यौपाने बेस्ट फिजिक, श्रेयुक्ता भट्टराई मस्ट फ्रेन्डली, सवर्णा शाह मस्ट चार्मिङ, अलिसा श्रेष्ठ सोसल वेलफेयर एम्बेस्डर, गीताञ्जली श्रेष्ठ मस्ट क्रियटिभ, ऋषिका तामाङ बेस्ट फिटनेस, डिनिशा खत्री सोसली रेस्पोन्सिबल र सिमरन भारती मस्ट एक्टिभ भएका छन्। प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्