विमान दुर्घटना प्रकरणमा चारविरुद्ध मुद्दा



क्वालालम्पुर,(एजेन्सी)
सन् २०१४ को जुलाईमा कल साइन एमएच १७ बोकेको मलेसिया एयरलायन्सको विमान खसालिए यता पहिलो पटक वकिलहरुले चारजना व्यक्तिलाई सो कार्यमा संलग्न रहेको अभियोगमा बुधवार मुद्धा दायर गरेका छन् ।

पुर्वी युक्रेनको उक्त दुर्घटनाग्रस्त क्षेत्रमा चालक दल र यात्रु सहित कूल २ सय ९८ जना को ज्यान जानेगरी आक्रमण गर्न एउटा क्षेप्यास्त्र ल्याएको भन्दै तीनजना रुसी र एजना युक्रेनी विरुद्ध अभियोग लगाइएको हो ।

सो विमान नेडरल्यान्डसको राजधानी आम्सटर्डमबाट मलेसियाको राजधानी क्वालालम्पुर तर्फ उडिरहेकोबेला सो विमान माथि द्वन्द्वग्रस्त युक्रनेको आकासमा हमला गरिएको थियो । आगामी सन् २०२० को मार्च ९ मा नेडरल्यान्डको अदालतमा यस सम्बन्धी मुद्धा शुरु हुने भएको छ ।

ति चारै जनालाई नियन्त्रणमा लिनका लागि अन्तर्राष्ट्रिय पक्राउ पुर्जि जारी गरिइसककेो छ । डचको नेतृत्वमा रहेको संयुक्त अनुसन्धान टोलि ( जेआइठि ) ले ति अभियुक्त रसियाका इगोर गिर्किन, सर्गेइ दुविन्स्की र ओलेग पुलातोभ तथा युक्रेनका लियोनिद खार्चेन्को भएको बताएको छ ।

डच कानुन अनुसार अभियुक्तहरुलाई कारवाही अघि बढाउन खोजेका जेर्आटिले यस घटनाम संलग्न आशंकित व्यक्तिहरुको नाम सुचि लामा ेभएके तथा जारी रहेको अनुसन्धानमा सहोग गरिदिन हुन प्रत्यक्षदर्शीहरुलाई अपिल गरेको छ ।

बुधवार ति अभियुक्तहरुका नाम सार्वजनिक गरिनु अघि दुर्घटनामा आफ्नो छोरा ब्रिसलाई गुमाएका साइलेनस फ्रेड्रिक्स्ज नामक पिताले आफ्नो उमेर ढलिकँदै गरेकाले मर्नु अघि नै सत्यतथ्य पाउने आशा राखेको बताएका छन् ।

ति चार जना मध्ये अहम व्यक्तित्वका धनी इगोर गिर्किन उर्फ स्ट्रेल्कोभ रसियाको गुप्तचर निकाय एफएसबिका पुर्व कर्णेल भएको वकिलहरुले भनेका छन् । उनलाई लडाकुहरुको नियनत्रणमा रहेको पुर्वी युक्रेनको दोनेत्सक शहरमा रक्षा मन्त्रीको पदवी दिइएको थियो । उनी रुसी महासंघसंग प्रत्यक्ष सम्पर्क हुने एकमात्र वरिष्ठ सैनिक अधिकारी भएके विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्