मर्केल अस्वस्थ, काँपेको भिडियो भाइरल



बर्लिन (एजेन्सी)
जर्मनीकी चान्सलर एन्जेला मर्केलको एक भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । भिडियोमा मर्केल राष्ट्रागानका क्रममा अत्यन्तै काँपेको अवस्थामा देखिएकी थिइन् ।

भिडियो भाइरल भएपछि जर्मनीकी चान्सलरको स्वास्थ्यलाई लिएर धेरै अनुमान लगाइएको थियो । यसबीच मर्केलले संवाददाताहरुसँग केही समयपछि नै आफुलाई डिहाइड्रेसनका कारण उक्त समस्या भएको र अहिले ठीक भइसकेको बताएकी थिइन् ।

युक्रेनका नयाँ राष्ट्रपति भोलोदिमिर जेलंस्कीको स्वागतका लागि मर्केल आफै उपस्थित भएकी थिइन् । सोही क्रममा जब राष्ट्रगान सुरु भयो, मर्केल थुर थुर काँप्न थालिन् । उनको अनुहारमा देखिएको परिवर्तनले उनी अत्यन्तै विरामी हो भन्ने प्रष्ट हुन्थ्यो । मर्केलले राष्ट्रगानका क्रममा पुरै साहस देखाउँदै लगातार काँपेर पनि राष्ट्रगानको सम्मानमा त्यहा उभिरहेकी थिइन् । राष्ट्रगान समाप्त भएपछि युक्रेनका राष्ट्रपतिले उनलाई हेरेका थिए । उनले मर्केलको स्वास्थ्य ठीक नभएको महसुस गरेका थिए ।

केही समयपछि रेड कार्पेटमा जब मर्केल पुन सन्चार माध्यम अगाडी आइन् ,त्यतिबेला उनी धेरै स्वस्थ देखिएकी थिइन् । सन्चारकर्मीहरुले उनलाई स्वास्थ्यका बारेमा राखेको प्रश्नको जवाफमा अहिले आफु अत्यन्तै राम्रो महसुस गरिरहेको बताइन् । मर्केलले भनिन्– त्यो बेला देखि अहिलेसम्म मैले ३ ग्लास भन्दा धेरै पानी पिइसकेको छु, मलाई यसको अत्यन्त आवश्यक पनि थियो । म अहिले अत्यन्तै राम्रो महसुस गरिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्