चिनियाँ र बंगलादेशी कामदारबीच हिंसात्मक भिडन्त



ढाका,(एजेन्सी)
बंगलादेशको प्रहरीले चिनिया आर्थिक सहयोगमा निर्माणाधिन उर्जा भटी परिसरमा सयौं संख्यामा चिनिया तथा बंगलादेशी कामदारबिच भएको भिडन्त बुधवार टुँग्याएको छ । सो भटीको आशिक निर्माण कार्य सम्पन्न भइसकेका ेबताइएको छ ।

दक्षिणी जिल्ला पातुखालीमा भएको यस भिडन्तमा एकजना चिनिया कामदारको मृतयु भएको प्रहरीले विविसिलाई बताएको छ । निर्माणाधिन भवनबाट खसेर एकजना बंगलादेशी कामदारको ज्यान गएपछि सो हिसात्मक भिडन्त शुरु भएको थियो ।

स्थानिय कामदारहरुले चिनियाँ पक्षले घटना लुकाउन खोजेको आरोप लगाएका छन् । प्रहरीले भिडन्त साम्या पार्नका लागि एक हजार जना भन्दा बढि प्रहरी परिचालन गर्नुपरेको स्थानिय संचार माध्यमलाई जनाएको छ ।

पछिल्ला केहि वर्षमा चिनिया कम्पनीहरुले बंगलादेशमा पुल , सडक र उर्जा भटी निर्माण जस्ता भौतिक पुर्वाधार विकास कार्यक्रमहरुमा थुप्रो धनराषि लगानी गर्दै आएका छन् । पत्रकारहरुले भने केहि क्षेत्रमा ठूलो संख्यामा चिनिया कामदारहरुले स्थानिय समुदायहरुसंग तनाव चर्काएको बताएका छन् ।

प्रहरीका अनुसार राजधानी ढाकादेखि करिव २ सय किमि टाढा पर्ने पातुखाली स्थित सो भटीमा कार्यरत करिव ६ हजार कामदार मध्ये २ हजार चिनिया न ैरहेका छन् । प्रहरीले यस भिडन्तमा एक दर्जन भन्दा बढि घाइत ेभएका मध्ये ६ जना चिनिाय रहेको पुष्टि गरेको छ । क्षेत्रिय प्रशासक रामचन्द« दासले यस घटनामाथि गम्भीर ढंगल ेछानविन शुरु भइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्