अदालतमै ढलेका पूर्वराष्ट्रपतिको अन्त्येष्टि



कायरो,(एजेन्सी)
इजिप्टका पुर्व राष्ट्रपति मोहमद मोर्सीको सोमवार अदालतकक्ष भित्रै मृत्यु भएको छ । अचानक ढल्न पुगेका मोर्सीको धार्मिक परम्परा अनुसार अन्त्येष्टि पनि भइसकेको छ ।

उनका वकिलले मुश्लिम ब्रदरहुद पार्टीका पुर्व नेता मोर्सीको र्पािर्थव शरिरलाई मंगलवार विहान सवेरै राजधानी कायरोको पुर्वी भागमा उनका परिवारको उपस्थितीमा समाधिस्थ गरिएको एएफपिलाई जानकारी गराएका छन् ।

सन् २०१३ मा अपदस्थ गरिएयता ६७ वर्षिय मोर्सीले कारावास जीवन बिताउँदै आएका हुन् । उनलाई राखिएको कारगारको दुरावस्थाबारे आलोचना गर्दै आएका मानव अधिकारवादी समुहहरुले उनको मृत्यु सम्बन्धमा निष्पक्ष छानविन हुनुपर्ने आवाज उठाएका छन् ।

मोसीको परिवार र कार्यकर्ताहरुले पटकपटक उनको स्वास्थ अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका थिए । उनलाई परिवारका सदस्य एवं वकिलहरुलाई समेत भेट्न नदिई एकान्त स्थानमा थुनिएको थियो ।

उनका पुत्र अब्दुल्लाह मोहमद मोर्सीले सोमवार इजिप्ट सरकारले उनको गृहनगरमै उनको सार्वजनिक अन्त्येष्टि गर्नका लागि परिवाले गरेको अनुरोध अस्विकार गरेको जानकारी अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई दिएका थिए ।

हाल प्रतिवन्धित अवस्थामा रहेको इस्लामिक मुभमेनटको नेतृतव गर्ने मुश्लिम ब्रदरहुदका वरिष्ठ नेता मोर्सी सन् २०१२ इजिप्टकै पहिलो प्रजातानित्रक ढंगले निर्वाचित राष्ट्रपति बनेका थिए ।

लामो समय सम्म मोसी विरुद्ध भएको जनआन्दोलन पछि भएको सैनिक विद«ोहमा उनलाई अपदस्थ गरिएको थियो । सन् २०१४ यता इजिप्टमा पुर्व सेना अध्यक्ष अब्दुल फताह अल– सिसी सत्तामा रहेका छन् । मोर्सीको पतन लगत्तै उनको पार्टी माथि दमन गर्ने क्रममा सरकारले दशौं हजार व्यक्तिलाई गिरफतार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्