हत्याको प्रमाण



 

रियाद,(एजेन्सी)
संयुक्त राष्ट्र संघका एकजना विशेषज्ञले बुधवार साउदी पत्रकार जमाल खसोगीको हत्या प्रकरणमा साउदी युवराज मोहमद विन सलमान र अन्य उच्च पदस्थ अधिकारीहरुको संलग्नता रहेको विश्वसनिय प्रमाण भएको दावी गरेका छन् । विशेषज्ञ एग्नेस कल्लामार्डले ति प्रमाणका ेआधारमा हत्याकाण्डको थप निष्पक्ष र स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसनधान अघि बढाइनु पर्ने बताएका छन् ।

खसोगीलाई टर्कीको राजधानी इस्तानवुल स्थित साउदी कुटनीतिक नियोगमा हत्या भएको थियो । साउदी एजेनटहरुले आफुहरुले युवराज सलमानको आदेशमा खसोगीको हत्या नगरेको अडान लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्