सन्दीपकै चर्चा सर्वाधिक



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली खेलकुदमा पछिल्लो समयदेखि लगातार एक खेलाडी सर्वाधिक चर्चामा रह्यो ती हुन क्रिकेटर सन्दीप लामिछाने । उनी त नेपाली खेलकुदका लागि ‘रोल मोडल’ पनि हुन् । त्यसैले उनी धेरैका लागि आदर्श समेत बनिसकेका छन् । नेपाली खेलकुदमा रहेर केही गर्न सकिन्न भन्नेका लागि एउटा जबरदस्त उत्तर हो, सन्दीप । केही समय अगाडिसम्म सन्दीपले जे गरे, त्यसो गर्नेछन् भनेर कसैले दाबी गरेका थिए भने त्यो कोरा कल्पना हुन्थ्यो ।

तर सत्य के हो भने सन्दीपले त्यही काम सा“च्चै गरेर देखाए, जसले नेपाली खेलकुदलाई धेरै अर्थमा आशावादी बनाएको छ । उनको सबैभन्दा राम्रो पक्ष हो, महत्वकांक्षा र त्यसलाई सुहाउँदा आत्मविश्वास । जति बेला सन्दीपलाई कसैले चिन्दैन थियो, जति बेला उनी पूर्णतः गुमनाम थिए, त्यही बेला उनको मनमा एउटा प्रश्न थियो, नेपालको राष्ट्रिय टिममा प्रवेश पाउन के गर्नु पर्छ ?

त्यही प्रश्नले उनलाई चितवनको टे«निङ सेन्टरमा पु¥यायो, त्यसपछि के भयो, त्यो त अब इतिहास बनिसकेको छ । चितवनको क्याम्पाचौरबाट भरेको उनको उडान विश्व क्रिकेटका सबै जसो फ्रान्चाइज क्रिकेटका लिगसम्म पुगेको छ । उनी यस्ता खेलाडी हुन् जसको चर्चा नेपालमै मात्र सीमित छैन, बरु चर्चा छ त पूरै विश्व क्रिकेटमा । वर्ष २०७५ मा उनको प्रदर्शनले उनलाई विश्व क्रिकेटकै एक उदयमान स्टार बनाएको छ । विश्व क्रिकेटमा उनको नाम सुनेपछि केही न केही प्रतिक्रिया दिन खोज्ने पनि उत्तिकै होला ।

उनलाई नेपाली मिडियाले मात्र पछ्याइरहेको छैन, क्रिकेटमा रूचि राख्न सबै देशका मिडियाका लागि उनी प्रिय र चर्चा गर्न योग्य पात्र हुन् । अचेल कोही कति चर्चित छ भनेर नाप्न सामाजिक सञ्जालको मदत लिइन्छ । हामीले पनि यसलाई नै आधार मान्ने हो भने नेपाली खेलकुदमै उनी सर्वा्धिक पछ्याइएका र पछ्याउन योग्य खेलाडी हुन् । सूची नै बनाउने हो भने फेसबुकमा उनलाई पछ्याउनेको संख्या २ लाख ५६ हजार छ, इन्स्टाग्राममा यो संख्या १ सय ३१ हजार छ, अनि ट्विटरमा १ सय ४९ हजारको हाराहारीमा ।

के यो सन्दीप मैदानमा जति सफल छन्, त्यत्तिकै मैदानबाहिर पनि धेरैका प्रिय छन् भन्ने संकेत होइन र ? त्यसैले त सन्दीप पनि परेका छन् ‘एनएसजेएफ इन एसोसियसन विथ एक्सन स्पोर्टस एजडी प्रिजेन्स बजाज पल्सर स्पोर्टस अवार्ड पावर्ड बाइ गोल्डस्टार’ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा । स्पोर्टस अवार्डको यो विधामा पा“च प्रत्यासी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा । सामाजिक संजाल फेसबुक र एसएमएसको मार्फत आएको मत यसको निर्णायक पक्ष्ँ हो । स“गै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ ।

आपूm यो अवार्डको मनोनयनमा परेपछि उनले भनेका छन्, ‘म तेस्रँे पल्ट यो स्पोर्टस अवार्डको मनोनयमा परेको छुं । मलाई यहा“सम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद ।’ उनले ट्विटरमा पनि आप्mना भावना पोखेका छन्, ‘मैले यो अवार्ड जित्ने छुं अथवा छैन, त्यो थाहा छैन । मैले पाएको साथ र मायाका लागि सबैप्रति आभार छुं ।’ वर्ष २०७५ मा उनको सबैभन्दा उल्लेखनीय पक्ष्ँ लगातार दोस्रँे वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नु हो, दिल्ली क्यापिटल्सका लागि । त्यसपछि उनले अस्टे«लियाको बिग बास खेले, वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेले ।

अनि पाकिस्तानको सुपर लिग, बंगलादेशको प्रिमियर लिग पनि । नेपालले ऐतिहासिक रूपमा वान डे र ट्वान्टी ट्वान्टी अन्तर्रा्ष्ट्रिय खेल्दा पनि उनी टिमका प्रमुख सदस्य थिए । त्यस्तै आईसीसी वल्र्ड ट्वान्टी ट्वान्टी एसिया रिजन क्वालिफायरमा उनले २४ विकेट लिएका थिए । अझ उनी एकै वर्ष ट्वान्टी ट्वान्टी क्रिकेट एकै सिजन ५० विकेट लिने भाग्यमानी केही खेलाडीमा पनि पर्छन् । अब यस्ता अद्धितीय खेलाडीलाई अवार्ड दिलाउने काम नेपाली क्रिकेटका प्रशंसकको हो ।

प्रतिक्रिया दिनुहोस्