गुपचुप किन ?



गुठी विधेयकको विरुद्धमा सडकमा उत्रिनेलाई मूर्ति चोर, भाडाका मान्छे, सामन्ती, राजावादी भनेर व्याख्या गर्ने सरकारले तीनै प्रर्दशनकारीलाई अहिले त जनता देख्न थाल्या छ । ‘जनताको जनभावना विपरित कुनै निर्णय हुन्न’–अहिले सरकार यस्तै भन्न थाल्या छ ।

जनताकै इच्छा अनुसार सरकार गुठी विधेयकबाट ब्याक भएको छ । ‘विधेयक फिर्ता होइन, खारेज हुनुपर्छ’–यस्तै मागका साथ बुधवार माइतीघरमा व्यापक जनलहर उत्रियो । तर दुई तिहाई सरकारका शुभेच्छुक भन्छन्–‘गुठी विधेयक फिर्ता लिने सरकारको निर्णयको स्वागतमा जनताद्धारा माइतीघरमा भव्य प्रर्दशन ।’

नेकपा कार्यकर्ता र समर्थक त लाखौं छन् क्यारे, यस्तो तर्क गर्ने केही सीमित मात्रै छन् । केही दिन अघि सम्म सामाजिक सञ्जालमा निकै सक्रिय देखिने, सरकारको गुनगान गाउने खाँट्टी कार्यकर्ता कहाँ बेपत्ता भा हुन् कुन्नी ? अहिलेको गर्मीले लल्याकलुलुक बनाएर घरभित्रै बस्नुपर्ने बाध्यता भा हो कि ?
कि गुपचुपमै माइतीघरको जमघटमा मिसिन थाल्या हो ? सरकारको विपक्षमा टिप्पणी नगर्न अनि सामाजिक सञ्जालमा समेत नझुल्किनु भन्ने पार्टी निर्देशन पो छ कि ?

प्रतिक्रिया दिनुहोस्