विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई दियो २४२ रनको लक्ष्य



नेपाल समाचारपत्र, काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य दिएको छ । पानी परेपछि १ ओभर छोट्याएर ४९ ओभरमा गराईको खेलमा टस हारेर पहिला ब्याटिङ गरेका अफ्रिकाले ६ विकेट गुमाएर २४१ रन बनाएको हो ।

अफ्रिकाका लागि रसे भान डेर डुसेनले सर्वाधिक नट आउट ६७ रन बनाउँदा हासिम अमलाले ५० रन जोडे । एडिन मक्रमले ३८ रन बनाउँदा डेभिड मिलरले ३६ रनको योगदान गरे । जारी प्रतियोगितामा अफगानिस्तानलाई मात्रै पराजित गरेको अफ्रिकाले आजको खेल जित्नै पर्ने दवाव रहेको छ । न्यूजिल्याण्डका लाचलन फर्गुशनले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्