सुनकोशीमा माछा मार्न गएका दुई विद्यार्थी बेपत्ता



उदयपुर ।
सुनकोशी नदीमा माछा मार्न गएका उदयपुर लिम्चुङबुङ गाउँपालिकाका दुई जना विद्यार्थी बेपत्ता भएका छन् । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुबेर दुई विद्यार्थी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा लिम्चुङबुङ गाउँपालिका–१, बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रविन राई र सोहि विद्यालयबाट एसइई दिएर बसेका १६ वर्षीय देवकुमार राई रहेका छन् ।

उनीहरु सुनकोशीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले पुसष्ट गरेको छ । प्रहरीका अनुसार बिहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि गाउँलेहरु खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्