मण्डनदेउपुर नपाको सडक विवाद मिल्यो



काभ्रे, (नेस) ।
स्थानीय उपभोक्ता वीच वीवादका कारण भत्काइएको बाटो पुन निर्माण गरी सुचारु गरिएको छ । मण्डनदेउपुर नगरपालिका ७ स्थित मण्डन उपत्यका सामाजिक उत्थान मञ्चले ३ लाख वजेट लगाएर निर्माण गरेको बाटो स्थानीय बासिन्दाहरुलेनै डोजर लगाएर भत्काएपछि विवाद उत्पन्न भएको थियो ।

यो सडक निर्माणका क्रममा स्थानीय व्यक्तिहरुले प्रयोग गर्ने कुवा र किरियापुत्री घरमा क्षति पुग्न जाने देखिएपछि सो समस्यालाई नगरपालिकाको न्यायिक समितिबाट सम्बन्धित सरोकारवालाहरु संग छलफल गरि विवाद समाधान गरेपछि बाटो निर्माण कार्य सुचारु भएको हो ।

चालु आर्थिक वर्षमा यो बाटो ढलान गर्नको लागि १२ लाख रुपैया विनियोजन भएको बताइएको छ । नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका अध्यक्ष निर्मला शाहीका अनुसार यो बाटोको विवाद समाधान भैसकेकोले अब नकारात्मक प्रचार गर्नुको औचित्य छैन ।

प्रतिक्रिया दिनुहोस्