सिङ्गापुर पठाई दिन्छु भन्दै ६ करोड ठगेका पौडेल पक्राउ



काठमाडौं । सिङ्गापुरको क्रुजमा आकर्षक काममा लगाई दिने भन्दै मोटो रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ६ करोड ठगीको आरोपमा नुवाकोटको गणेशस्थान गाविस घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु बस्ने प्रवीण पौडेललाई पक्राउ गरेको हो । उनले ट्रेनिङ सेन्टर खोलेर सिङ्गापुर पठाई दिने र मासिक ६५० डलर तलब हुने भन्दै करीब ३ सय युवाबाट ६ करोड ठगी गरेको प्रहरीले जनाएको छ ।

आफू ठगिएको भन्दै झापाको तीर्थ हमालले दिएको उजुरीको आधारमा लुकीछिपी बसेको अवस्थामा हेटौडाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्