साउने झरीमा दयाहाङको यात्रा



मन पराइएका अभिनेता दयाहाङ राई आप्पा बनेको फिल्म आप्पाको नयाँ गीत सार्वजनिक गरिएको छ।
बाबु–छोराबीचको भावनात्मक र रोमाञ्चक कथा बुनिएको फिल्मको कथावस्तु बोल्ने गीत साउने झरी सार्वजनिक गरिएको हो। बाबु–छोराको रोमान्स र यात्राको कथा बोल्ने गीतमा यसका मुख्य कलाकार दयाहाङ राई र बाल कलाकार रोनित सरकारलाई फिचरिङ गरिएको छ। गीतमा उमेश उपमाको शब्द रचना, निर्देशक अनमोल गुरुङ र शैकातको संगीत तथा विज्ञमा बराईलीको स्वर रहेको छ। फिल्म अनमोल गुरुङको लेखन र निर्देशनमा बनेको छ। उनका अनुसार आप्पा पूर्णरूपमा मनोरञ्जनात्मक फिल्म बनेको छ।

अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म रुदेन सादा लेप्चाको निर्माणमा बनेको छ भने यसको कार्यकारी निर्माता माबो चेम्जोङ रहेका छन्। फिल्म आगामी असार १३ गते अल नेपाल रिलिज हुँदै छ। यो फिल्म नेपालसँगै भारतमा समेत रिलिज हुँदै छ।
दयाहाङ राई, सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चाका अलवा तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारले अभिनय गरेको फिल्ममा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा र संवाद, अनमोल गुरुङ र शैकात देवको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्