जीप दुर्घटना अपडेटः बेपत्ता हुनेमा दश जना पुगे



अर्जुन बोहरा, हुम्ला ।

कर्णाली नदीमा जीप खसेको छ । जीप नदीमा खसेर बेपत्ता हुनेमा १० जना पुगेका छन् । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बर महेन्द« पीकअप गाडि मंगलबार कर्णाली नदीमा जीप खसेको हो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँ बाट आज अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो।

गाडिमा कति यात्रु सवार थिए भन्ने अझै एकिन हुन सकेको छैन । बेपत्ताहरुको नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी बल र स्थानीयको प्रयासमा उद्धार भईरहेको छ । तर गाडि नदीमा पुरै डुबिसकेकाले कुन ठाउँमा गाडि छ भन्ने थाहा लगाउन कठिन भईरहेको प्रहरीले जनाएको छ ।

सिमकोट विमानस्थलबाटै फिस्टेल एयरको हेलिकोप्टरबाट घटनास्थलमा सुरक्षा निकाया पुगिसेकका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्