प्रियंकालाई युनिसेफको अवार्ड



फिल्मी क्षेत्रमा मात्र नभई सामाजिक कार्यमा समेत सक्रिय बलिउड नायिका प्रियंका चोपडा युनिसेफद्वारा सम्मानित हुने भएकी छिन्।
युनिसेफद्वारा आगामी डिसेम्बरमा न्युयोर्कमा हुने युनिसेफ स्नोफ्लेक बाल समारोहमा उनलाई डेनी केए ≈युमनेटेरियन अवार्डबाट सम्मान गर्ने घोषणा गरिएको भारतीय अनलाइन खास खबरले जनाएको छ। बच्चाहरूका लागि विश्व युनिसेफ गुडविल एम्बेसडर रहेकी प्रियंकाले आफूलाई अवार्ड प्रदान गर्न लागेकोमा धन्यवाद दिँदै लेखेकी छिन् ‘युनिसेफसँग गरेको कामले मलाई विशेष माने राख्छ। दुनियाँका सारा बच्चाहरूका तर्फबाट युनिसेफसँगको काम मेरा लागि सबैथोक हो।’

सन् २००६ देखि युनिसेफसँग जोडिएकी प्रियंकालाई युनिसेफले २०१० तथा २०१६ मा वैश्विक युनिसेफ गुडविल एम्बेसडर नियुक्त गरेको थियो। प्रियंका पर्यावरण, स्वास्थ्य शिक्षा तथा महिला अधिकारलाई बढवा दिने विषयका साथै लैंगिक समानता तथा नारीवादका बारेमा बेलाबेलामा आफ्नो धारणा व्यक्त गरिरहन्छिन्।

प्रतिक्रिया दिनुहोस्