भारतिय जादुगर मरेको आशंका



नयाँदिल्ली,(एजेन्सी)
विश्वका चर्चित जादुगर ह्यारी हाउडिनीको देखासिकी गर्दै शरिर सिक्रीले बाँधेर नदीमा हाम फाल्ने एकजना भारतिय जादुगरको मृत्यु भएको आशंका गरिएको छ ।
पश्चिम वंगाल राज्यको हूघली नदीमा त्यसरी हाम फालेका चन्चल लाहीरी नामक ति जादुगर सिक्री फुकालेर पौडिँदै सुरक्षित ढंगले निस्कन असफल भएको संचार माध्यमले जनाएको छ ।

उनको कमाल हेर्न आइतवार जम्मा भएका दर्शकहरुले उनी लामो समय सम्म पनि पानी बाहिर नआएपछि प्रहरीलाई सुचित गरेका थिए । प्रहरीले अझै पनि नदीमा उनको खोजि गरिरहेका छन् ।

म्यान्ड्रेकको उपनामले पनि चिनिने लाहिरीलाई एउटा डुँगाबाट नदीमा ओरालिएको थियो । दुईवटा डुँगामा बसेर हेर्ने दर्शकहरुका अनुसार उनका हात खुटा बाँधिएका फलामको सिक्रीमा छ वटा ताल्चा मरिएका थिए । उनको कमाल हेर्न कोलकाताको चर्चित हावडा पुलमा पनि थुप्रै मान्छेको भिड लागेको थियो ।

एकजना प्रहरी अधिकारीले लाहिरीको शव फेला नपरुन्जेल उनलाई मृत घोषित गर्न नमिल्ने दि हिन्दुस्तान टाइम्सलाई बताएक छन् । लहिरीले सो चमत्कार देखाउनु अघि एकजना पत्रकारलाई यदि आफु सफल भइयो भने म्याजिक नत्रभने ट्रयाजिक घटना घट्ने बताएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्