इरानद्वारा युरेनियम सीमा तोड्ने चेतावनी



तेहरान,(एजेन्सी)
इरानले सोमवार आगामी २७ दिनको दिन सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरुसंग भएको आणविक समझौता अन्तर्गत प्रशोधित युरेनियमको भण्डारको परिमाण सिमा उल्लंघन गर्ने चेतावनी दिएको छ ।

इरानको आणविक उर्जा निकायले आणविक भट्टीमा इन्धनका रुपमा प्रयोग गर्ने तथा आणविक हातहतियार विकासका लागि पनि आवश्यक युरेनियमको उत्पादन वृद्धि गरेको पनि दावी गरेको छ ।

तर इरानले अझैसम्म युरोपेली राष्ट्रहरुले अमेरिकाद्वारा इरानमाथि लगाइएको थप नाकावन्दिबाट जोगाउन सक्ने अवस्था रहेको पजि जनाएको छ । तर संयुक्त अधिराज्य , फ्रान्स र जर्मनीले भने इरानलाई सम्झौता उल्लंघन नगर्न चेतावनी दिएका छन् ।

यसअघि ति मुलुकहरुले इरानले आणविक कार्यक्रममा कटौति गरेवापत हटाइएका नाकावन्दि पुन लगाउनुको अर्को विकल्प नरहेको बताएका थिए । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौतालाई इमानदारिताका साथ पूरा नगरेको भन्दै अमेरिका सो सम्झौताबाट अलगिएको घोषणा गरेका थिए ।

अहिले मध्युपर्वी क्षेत्रमा उच्च तनाव भइरहेकोबेला इरनको चेतावनी सार्वजनिक भएके हो । अमेरिकाले विहिवार गल्फ अफ ओमानमा दुईवटा तेल बोक्ने टैकमाथि भएके अआक्रमणमा इरानको हात रहेको आरोप लगाएको थियो । सन् २०१५ को इरानसंगको आणविक सम्झौतामा अमेरिका , वेलायत , फ्रान्स , रसिया , चीन र जर्मनीले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्