विवादास्पद विधेयक निलम्बित, नेता लामको राजिनामा माग



हङकङ,(एजेन्सी)
हंगकंगका अत्यन्तै प्रभावशाली बिद्यार्थी अभियन्ता जोसुहा वोंगले कारगार मुक्त हुनासाथै सोमवार नेता क्यार्री लामको राजिनामाका ेमाग गरेका छन् ।

हङकङका आफ्न ैस्थानिय नेताहरु छान्ने आब्हान सहित सन् २०१४ मा भएको प्रजातन्त्रवादी आन्दोलको क्रममा २२ वर्षि वोंग चर्चाको विषय नै बनेका थिए ।

प्रस्तावित विवादपस्द सुपुर्दगी विधेयकको सिलसिलामा भएको विरोध प्रदर्शनको अगुवाई गरेकै कारण वोंगलाई गिरफतार गरिएको थियो । तर चीनले भने लामलाई निरन्तर समर्थन गरिरहने बताएको छ । आन्दोलनका आयोजकहरुले उक्त विधेयक निलम्वन गरिए तापनि आइतवार आयोजित प्रदर्शनमा २० लाख भन्दा बढिले सहभागिता जनाएको बताएका छन् । तर प्रहरीको तथ्यांक अनुसार सो संख्या ३ लाख ३८ हजार मात्र रहेको छ ।

सो आक्रोसित प्रदर्शनकारीको भिडले हंगकंगमा अपराधिक मुद्धा खेपिरहेकाहरुलाई थप कारवाहीका लागि मुख्यभुमि चीनमा सुपुर्दगी गर्न सकिने सो विधेयकलाई पूर्ण रुपमा खारेज गरिनुपर्ने माग गरेको हो ।

क्षेत्रिय नेता क्यार्री लामले आइतवार यस विधेयकको कारण समाजमा विवाद सिर्जना गर्न पुगेको कारण क्षमायाचना गरेकी थिइन् । विशाल जनप्रदर्शनकै कारण उनले अघिल्लो दिन विधेयकको योजनालाई ढिलाई गरेकी थिइन् ।

हङकङमा चिनिया प्रभाब बढिरहेको विषयमा चिन्तित अधिकांश प्दर्शनकारीले समाजमा अस्थिरता सिर्जना गरेको आरोप लगाउँदै लामलाई पदबाटै राजिनामा दिन आग्रह गरेका थिए । पछिल्लो समयमा प्दर्शन निकै शान्तपुर्वक अघि बढिरहेको छ ।

बुधवार भएको प्रमुख प्दर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीहरुबिच झडप हुँदा दर्जनौं व्यक्ति घाइते हुन पुगेका थिए । आइतवार अपरान्ह कालो पोशाक लगाएका र सेता फूलहरु हातमा लिएका ठूलो भिड भिक्टोरिया स्क्वायरमा भेला भएको थियो ।

शनिवार प्रर्दशनक ैक्रममा मरेका एकजना प्दर्शनकाररी प्ति श्रद्धान्जली व्यक्त गर्न तिनीहरु कालो पोशाकमा फूल सहित प्रस्तुत भएक हुन् । विरोध कार्यक्रममा सहभागि भएका एकजना ६७ वर्षि प्रदर्शनकारी माले क्यार्री लामले हङकङवासीहरुको भावनालाई वेवास्ता गरेको विविसिलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्