भियतनाम, कम्बोडिया र थाइल्यान्डमा नेपालकोे पर्यटन प्रवद्र्धन



काठमाडौं, (नेस)
नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका भियतनाम, कम्बोडिया र थाइल्यान्डमा नेपाल पर्यटन बोर्डले नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वार र एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गरेको छ । सोसाइटी अफ ट्राभल एन्ड टूर अपरेटर्स, नेपालस“गको सहकार्यमा नेपाल सेल्स मिसन २०१९ कार्यक्रम गरेको थियो

कार्यक्रममा बोर्डले नेपाल भ्रमण वर्ष २०२० लगायत नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तव्यका साथै एकपटक भ्रमण गर्नैपर्ने गन्तव्यको रुपमा नेपालको प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपाल सम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि देखाइएको थियो । उक्त अवसरमा नेपालबाट सहभागी भएका पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होमपेह र थाइल्यान्डको बैंककमा क्रमशः जुन १०, १२ र १४ तारिखका दिन व्यावसायिक गतिविधिहरु विस्तारका सम्बन्धमा अन्तरक्रिया समेत भएको थियो ।

नेपाल सेल्स मिसन २०१९ ले बौद्ध धमावलम्वी बढी भएका यी तीन वटै देशका पर्यटन व्यवसायी र सञ्चारकर्मीमाझ बौद्ध धार्मिक पर्यटन सहित नेपालको पर्यटकीय आकर्षणहरु र नेपाल भ्रमण वर्ष २०२० को सन्देश सम्प्रेशण गर्न समेत सहयोग पुगेको जनाएको छ । सन् २०१८ मा भियतनामबाट १२ हजार ४ सय ५४, कम्बोडियाबाट ३ हजार ७ सय ९० र थाइल्यान्डबाट ५३ हजार २ सय ५० जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्