उरुग्वेको सहज जित



लन्डन, (एजेन्सी)
कोपा अमेरिका २०१९ अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले शानदार जित हात पारेको छ ।

समूह सी अन्तर्गत भएको खेलमा उरुग्वेले दश खेलाडीमा सिमित इक्वेडरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । उरुग्वेको लागि निकोलस लडेइरा, एडिन्सन काभानी र लुइस सुआरेजले एक–एक गोल गरेका थिए । यस्तै इक्वेडरका अर्टुरो मिनाले एक आत्मघाती गोल उपहार दिएका थिए ।

खेलको २४औँ मिनेटमा जोस क्वीन्टेरेसले रातो कार्ड पाएपछि इक्वेडर दश खेलाडीमा खुम्चिएको थियो । यस्तै त्यसअघि भएको समूह बी’ को खेलमा एसियाली राष्ट्र कतारले पनि पाराग्वेलाई २–२ को बराबरीमा रोक्दै अंक बाँडेका छन् ।

पहिलोपटक कोपा अमेरिका खेलिरहेको एसियाली राष्ट्र कतारले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै खेललाई बराबरीमा टुङ्ग्याएको हो । पाराग्वेका लागि ओस्कार कार्डोरोज र डेर्लिस गोन्जालेजले गोल गर्दै २–० को अग्रता दिलाएका थिए ।

कतारका लागि ६८औँ मिनेटमा अलमोज अली र बोउलेम खोउखीले ७७औँ मिनेटमा गोल फर्काए । यसै समूह अन्तर्गत आइतबार भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई पराजित गर्दै ३ अंक जोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्