उप मेयरकपमा एपीएफ विजयी



राजेन्द्र गजुरेल, नुवाकोट
त्रिशूलीमा संचालित उप मेयरकप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा नेपाल एपीएफले सोझो सेटमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै उपाधि चुमेको छ ।

आक्रामक, र प्रतिस्पर्धात्मक खेलमा सशस्त्रले न्यु डायमण्डलाई २५–२१, २५–२० र २५–१२ को सोझो सेटले पराजित गरेर उपाधि आफ्नो पक्षमा सुरक्षित गरेको हो ।

फाइनल खेलमा सशस्त्रकी सरस्वती चौधरीले प्लेयर अफ दि म्याचको उपाधिका साथ नगद १ हजार रुपैया हात पार्नुभएको छ । उपाधिसहित सशस्त्रले नगद १ लाख ५० हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।

उपविजेता न्यु डायमण्डले नगद ७५ हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । विदुर नगरपालिकाको आयोजनामा जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा प्रतियोगिता आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्