गुठी विधेयक सम्बन्धमा सरकारले चाँडै निर्णय गर्ने



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ । उहाँले आज काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा नगरप्रमुख–उपप्रमुख र वडाध्यक्षसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न जनप्रतिनिधिले आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्मा, सांसद पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ र अञ्जना बिसङ्खे, काठमाडौंँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले विधेयकका विषयमा आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

जनप्रतिनिधिको सुझावपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र यसबारे सरकारले चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्