फारम भर्न सके लोकसेवा पास गरे जस्तै



किरन धामी, दार्चुला ।
लोक सेवा आयोगको अनलाइन फारम भर्न सके परिक्षा पास गरे जस्तै अनुभुती हुने दार्चुलाका युवाहरुले बताएका छन् । अनलाइन फारम भर्नका लागी जिल्लाका विभिन्न भेगबाट सदरमुकाम खलंगा आएका युवाहरु सिस्टममा समस्या आए पछि दिक्क भएका छन् ।

सोमबार विहानै ३ घण्टा बसको यात्रा गरेर खलंगा आएकी मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ की कल्पना पन्तले फारम भर्न सकिए परिक्षा पास गरे जस्तै अनुभुती हुने बताउछिन । विहान ८ बजेदेखी साझ ५ बजे सम्म पनि फारम भर्न नसकिए पछि उनि रित्तो हात घर फर्किन स्थानिय तहको नायब सुब्बा पदका लागी अनलाइन फारम भर्न उनि खलंगा आएको बताइन ।

स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार (आज) अरु दिनको तुलनामा अनलाइन फारम भर्नेहरुको संख्या दोब्बरले बढेको लोटस कम्प्युटर ईजुकेशन सेन्टरका संचालक जहेन्द्र सिंह महराले बताउनु भयो । गाउँघरबाट विहानै फारम भर्नको लागी जिल्ला सदरमुकाम खलंगा आएका युवा युवतीहरु भोकभाकै लाईनमा बस्न बाध्य देखिन्थ्य कम्प्युटर सेन्टर तथा साईबरहरुमा फारम भर्नेहरुको लाम लागेको थियो ।

फारम भर्नका लागी आइडी बनाउनु पर्ने तथा सिस्टम नचले पछि फारम भर्नै समस्या भएको लोटस कम्प्युटर ईजुकेशन सेन्टरका संचालक महराले बताउनु भयो । पुरानो यसअघि नै आइडी बनाएकाहरुको भने फारम भर्न केहि सहजता भैइरहेको उहाले बताउनु भयो ।

स्थानीय तहका ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि आयोगले खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम म्याद भोलि मंगलवार सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता सम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्