दीपिका संसारकै सुन्दरी



बलिउड नायिका दीपिका पादुकोणाले दुनियाँको सबैभन्दा सुन्दरी महिलाको उपाधि पाएकी छिन्।
भारतबाट प्रकाशन हुने अंग्रेजी मासिक अब्जर्भर डानले ‘आफ्नो परिभाषामा यी सुन्दर महिलाले आफ्नो काम तथा अन्य गुणको माध्यमबाट एक जादुमय इतिहास रचेकी छिन्’ लेख्दै यो उपाधि दीपिकालाई दिएको हो।

दीपिकाले भारतमा मनसिक स्वास्थ्यको बारेमा जागरुकता फैलाउनका लागि लिभ, लभ, लाफ नामक फाउन्डेसन खोलेकी छिन्, जसमार्फत उनले विभिन्न काम गरेकी छिन्। यो सूचिमा दीपिकापछि स्कारलेट जन्सन, एन्जेलिना जोली, एम्मा वाटसनजस्ता बलिउड अभिनेत्रीहरूको नाम पनि समावेश छ।
दीपिकाले बाजिराव मस्तानी तथा पिंकुजस्ता फिल्ममा सानदार अभिनय गरिसकेकी छिन्। यसको अलावा एक्सएक्सएक्स ः रिटर्न अफ जेन्डर केज नामक हलिउड फिल्ममा पनि अभिनय गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्