सुडान विरोध प्रदर्शनः प्रदर्शनकारी महिलामाथि सेनाद्वारा बलात्कार



खार्तुम (एजेन्सी)
सुडानमा लोकतन्त्रको पक्षमा सैन्य प्रधान कार्यालय बाहिर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु मध्य महिलाहरुमाथि सेनाको एक समुहले बलात्कार गरेको बताइएको छ ।

जुन ३ मा सेनाले ती प्रदर्शनकारीहरुमाथि कारवाहीका क्रममा उक्त घृणित कार्य गरेको एक प्रत्यक्षदर्शील बीबीसीलाई बताएका छन् ।
सेनाले उक्त आरोपलाई अस्विकार गरेको छ तर खालिद नामक ती ब्यक्तीले प्रदर्शनकारी विरुद्ध सैन्य कारवाही भइरहको बेला केही महिलामाथि बलात्कार पनि गरिएको उनले बताए ।

उक्त दिन प्रार्थनापछि भएको गोली प्रहारका कारण भाग्ने क्रममा मस्जिदको माथिल्लो तल्लाको एक कोठा पुगेको र त्यहा आफुहरुले ६ जना सैनिक मिलेर दुई युवतीलाई बलात्कार गरिरहेको देखेको नाम परिवर्तन गरिएका खालिदले बताए ।

ती जवानहरु र्यापिड सपोर्ट बलका हिस्सा भएको र स्थानिय भाषामा यसलाइ जांजवेद भनिन्छ ।

आफु र उनका साथी ‘भाग यहाँबाट‘ चिच्याउँदै सैनिक तर्फ बढेको तर सेनाले उनीहरु माथि गोली प्रहार गर्न थालेको खालिदले बताए ।

सुडानको राजधानी खार्तुममा विशाल रुपमा विरोध प्रदर्शनका कारण सत्ता पल्टेको छ, जसले अप्रिलको सुरुवातमा उमर अल बशिरलाई करिब ३० बर्षपछि सत्ता बाहिर गर्यो । त्यसपछि पनि प्रदर्शनकारीहरुले सेनाको मुख्यालय अगाडी नागरिक शासनको फिर्ताका लागि आफनो प्रदर्शन जारी राखेका थिए ।

आफुहरु कसैगरी त्यहाँबाट बच्दै निस्कने प्रयास गरिरहँदा पुन ती सेनाको दफासँग जम्काभेट भएको र उनीहरुले पुन आफुहरुलाई त्यही कोठामा लगेको उनले बताइन्, जहाँ महिलाको बलात्कार भएको थियो ।

उनीहरुले आफनो पनि लुगा फुकाल्ने प्रयास गरेको र आफुलाई पनि बलात्कारको प्रयास गरेको उनले बताइन् । आफु चिच्याएको र त्यसको ३–४ मिनेट पछि भवनभित्र गोली चलेको आवाज आएको र त्यसपछि उनीहरुले आफुलाई चाँदंै छोडेको उनलेब बताए । त्यसपछि आफु घर फर्किरहँदा पनि बाटोमा जांजवेदोले आफुलाई कयौं पटक पिटेको खालिदले बताए ।

विपक्षका अनुसार सेनाको यस कारवाहीमा कुल १ सय जनाको मृत्यु भइसकको छ । कयौंलाई नाइल नदीमा फ्याँकेको बताइएको छ । संक्रमणकालिन सैन्य परिषदले प्रदर्शनकारी माथि कारवाही गर्न आदेश उसले दिएको स्विकार गरेको छ तर यौन हिँसाको आरोपलाई अस्विकार गरेको छ ।


सैन्य प्रवक्ता लफ्टिनेन्ट जनरल शम्स अल दिन कबाशीले भने– हाम्रा जवानलाई लिए झुठा समाचार विश्वको बाँकी हिस्सामा फैलाइरहेको छ, यसले विश्वलाई गुमराह पारिरहेका छ ।

क्रान्ति रोक्ने हतियार
अफहाद युनिभर्सिटीमा ट्रमा सेन्टरका प्रमुख हमिा इस्हाक शरीफले भनेकी छिन्–हामी १२ जनता त्यसता महिलाको उपचार गरिरहेका छौं जसको बलात्कार जुन ३ मा भएको थियो ।

बलात्कारको समाचारबाट आफु अचम्ममा नपरेको बताउँदै यो संख्या अझ धेरै हने उनले बताइन् । लाजका कारण कयौं रेपको घटनाको उजुरी नै नहुने उनले बताइन् ।

मानसिक स्वास्थ्य कार्यकताहरु यी घटनालाई लिएर यसले सैनिकहरुको बर्बरतालाई देखाएको उनले बताए । प्रदर्शन स्थलमा पुग्दा दारफुरको जस्तो स्थिति देखेको र त्यहाँ सबै कुरा ध्वस्त पारिएको उनीहरुले बताए ।

यो मात्र यौनको कुरा नभएका बताउँदै यसले मानिसहरुमा भित्रै देखि आतंकित पार्ने सरिफ बताउछिन् । यो एक प्रकारको क्रान्ति अन्त्य गर्ने एक हतियार हो ।
तर उनी भन्छिन, कसैले यस विषमा बोल्नु पर्छ । यो विश्वले थाहा पाउनु पर्ने कुरा हो ।

प्रतिक्रिया दिनुहोस्