बिद्युत आपुर्ति बन्द



ब्युनसआयर्स,(एजेन्सी)
बृहत रुपमा बिद्युत आपुर्ति रोकिन पुग्दा सम्पूर्ण अर्जेन्टिना र उरुग्वे अन्धारमा डुब्न पुगेको अजेन्टिनी बिदुत प्रदायक निकायले आइतवार जनाएको छ । यसबाट ब्राजिल र पाराग्वेको केहि भाग समेत प्रभावित भएको बताइएको छ ।

अर्जेन्टिनाको केहि जनता स्थानिय निर्वाचनमा सहभागि हुन लागेकोबेला स्थानिय समय अनुसार आइतवार बिहान करिव सात बजे यसरी बिद्युत आपुर्ति रोकिएको हो । बिद्युत आपुर्ति कम्पनी एडेसुरले टिवटर मार्फत बिद्युतिय अन्तर सम्बन्ध प्रणालीमा न ैगडबडी आएको जनाएको छ । उर्जा मन्त्री गुस्ताभो लोपेतेगुइ र समस्याको कारण पुष् िभइनसकेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्