कपालको सौन्दर्यमा रेट्रो रिमिक्स



कपालको हेरचाह, रंग र शैलीका लागि स्ट्रिक्स प्रोफेसनलका उत्पादनमा रेट्रो–प्रेरित शैली आएको छन् ।काठमाडौंमा आयोजित कपालको सौन्दर्यसम्बन्धी शो हेयर एन्ड बियोन्डको २०१९ को संस्करणमा यो संग्रह सार्वजनिक गरिएको हो ।

आर्गन सेक्रेट्स हेयर कलर, क्यान्भोलाइन स्ट्रेट्निङ क्रिम र होल्ड एन्ड प्ले स्टाइलिङ श्रृङ्खलाजस्ता उत्पादन प्रयोग गरेर फेशनप्रति जागरुक महिलाहरूका लागि परिस्कृत रेट्रो रिमिक्सका श्रृङ्खला तयार पार्न खैरो, सुनौलो र सुनौलो खैरोे (ताम्र रंग)का मिश्रण तथा खैरो सेडको मिश्रण प्रयोग गरिएको छ ।

स्ट्रिक्सका नया“ संकलन ल्याइएको घोषणा गर्दै हाइजिन रिचर्स इन्स्टिच्यूटको प्रोफेसनल विभागकी प्रमुख रोशेल छाबडाले भन्नुभयो–‘स्ट्रिक्स प्रोफेसनल यो नया“ भिन्टेज श्रृङ्खला प्रस्तुत गर्नमा गर्व महसुस गरिएको छ, जुन ७० को दशकमा पश्चिममा मर्लिन मुनरो, अड्री हेप्बर्न तथा पूर्वमा जीनत अमान र हेमा मालिनीजस्ता ग्लामर आइकनहरूका लागि बनाइएका कपालका सौन्दर्य शैलीबाट प्रभावित छ ।

यो पुरानो विश्वको आकर्षण र समकालीन ताजगीको मिश्रण हो र रेट्रो रिमिक्स पुरानो र नया“को संगम हो।’

प्रतिक्रिया दिनुहोस्