इजरायलबाट मेगा रेमिट सेवा



मेगा बैंक नेपालले इजरायलबाट पनि मेगा रेमिटबाट रेमिट्यान्स सेवा शुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) स“गको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमिटको सेवा विस्तार गरेको हो ।

जीएमटीस“गको साझेदारीपछि इजरायलमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन् । नेपालीले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।

मेगा बैंकले मेगा रेमिट सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रमलाई तीव्रता दिएको छ । अन्य देशमा पनि यसैगरी रेमिट सेवा विस्तार गर्ने बैंकको योजना छ ।

प्रतिक्रिया दिनुहोस्