मनितालाई कांस्य



काठमाडौं, (नेस)
मनिता श्रेष्ठ प्रधानले थाइल्यान्डमा सम्पन्न थाइल्यान्ड अन्तर्राष्ट्रिय जुडो नर्थ बैंकक युनिभर्सीटी च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन् । उनले ५७ केजी तौल समूहमा रिप्याचारतर्फ हङकङकी खेलाडीलाई २ वटा वाजारीमा हराउँदै कांस्य जितेकी हुन् ।

यसअघि उनले रिप्याचरमै चीनकी खेलाडीलाई सीमेवाजामा हराएर कांस्य पदकको लागि खेलेकी थिइन् । उनी पहिलो बाउटमा बाई पाएर दोस्रो चरणसम्म पुगेकी थिइन् । दोस्रो चरणमा भियतनामकी खेलाडी सँग हारेपछि उनी रिप्याचरमा प्रतिस्पर्धा गरिन् ।

प्रतिक्रिया दिनुहोस्