अर्जेन्टिनालाई पहिलो गाँसमै ढुंगा



लन्डन, (एजेन्सी)
दक्षिण अमेरिकाकै प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनालाई लागि पहिलो गाँस मै ढुङ्गा सावित भएको छ ।

उपाधि दाबेदार मध्येको एक टोली अर्जेन्टिना यस वर्षको कोपा अमेरिकामा शुरुवात खेलमै पराजित भयो । ब्राजिलमा शनिबारबाट सुरु भएको प्रतियोगितामा अर्जेन्टिना समूह बी को खेलमा कोलम्बियासँग पराजित भएको हो । टोली १२ वर्षमा पहिलो पटक कोलम्यिासँग हारेको छ ।

एरेना फोन्टेमा भएको खेलमा कोलम्बियाले लियोनल मेसीसहितको अर्जेन्टिनालाई २–० गोलअन्तरले पराजित गरेको हो । खेलको ७०औं मिनेटसम्म गोलरहित बराबरी खेलिरहेको कोलम्बियाले अन्तिम २० मिनेटमा दुई गोल गरेको थियो । खेलको ७१औँ मिनेटमा रोजर मार्टिनजेले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाले बराबरी गोल फर्काउन संघर्ष गरिरहेको बेला कोलम्बियाका लागि ८६औं मिनेटमा डुभान जापाटाले दोस्रो गोल गरेका थिए ।

त्यसअघि भएको समूह ए को खेलमा भेनेजुएला र पेरुले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्यसअघि शनिबार भएको उद्घघाटन खेलमा नेयमारविनाको ब्राजिलले बोलिभियालाई ३–० ले पराजित गरेको थियो । अर्जेन्टिनाले यो प्रतियोगिता १४ पटक जितेको छ भने १९९३ देखि भने यो प्रतियोगितामा उपाधि जित्न सकेको छैन । अर्जेन्टिना गत दुई फाइनलमा एउटै प्रतिद्वन्द्वी चिलीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्