विराटले सचिनलाई पछाडि पारे



विश्वकपअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा ७७ रन बनाएका भारतीय कप्तान विराट कोहलीले ११ हजार रन पुरा गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो ११ हजार रन पुरा गर्दै उनले सचिन तेन्दुलकरको कीर्तिमानलाई पछाडि समेत पारे । भारतका पूर्व ब्याटसम्यान सचिनले २ सय ७६ खेलबाट छिटो ११ हजार रन पुरा गर्ने क्रिकेटर बनेका थिए ।

तर विराटले उनले भन्दा कयौं खेल कम खेलेर यो कीर्तिमान आफ्नो नाममा लेखाए । उनले २ सय २२ खेलबाटै यो उपलब्ध हासिल गरेका छन् । उनी वानडेमा ११ हजार रन पुरा गर्ने भारतका तेस्रो तथा विश्वका नवौं ब्याटसम्यान बनेका छन् । भारतको तर्फबाट सचिन र सौरभ गांगुलीले मात्रै सो उपलब्धिमा पुग्न पाएका छन् ।

रोहितको शतक
यो जारी विश्वकपमा रोहित शर्माले दोस्रो शतक प्रहार गरेका छन् । पाकिस्तानी बलरलाई निरीह बनाउँदै रोहितले १ सय १३ बलमा १ सय ४० रन जोडेका थिए । ८५ बलमै शतकमा पुगेका उनले १४ चौका र ३ छक्का प्रहार गरे । यसअघि दक्षिण अफ्रिकाविरुद्ध उनले शतक ठोकेका थिए । साथै उनी विश्वकपमा भारतको तर्फबाट पाकिस्तानविरुद्ध सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।

भारतले पाकिस्तानलाई फेरि हरायो
लन्डन, (एजेन्सी)
इंग्ल्यान्ड र वेल्समा जारी क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई रनले हराएको छ ।

आईतबार म्यानचेस्टरमा भएको खेलमा भारतले ३ सय ३७ रनको लक्ष्य दिएको थियो । जसमा रोहित शर्माले शतक तथा लोकेश राहुल र विराट कोहलीले अर्धशतक प्रहार गरे । यो समेत गरी भारतले पाकिस्तानलाई विश्वकपमा खेलेको सातै खेलमा पराजित गरेको छ ।

भारतका लागि रोहित र लोकेश राहुलले पहिलो विकेटमा १ सय ३६ रनको साझेदारी गरेका थिए । लोकेश ५७ रन बनाएर आउट भएपछि उनले कप्तान विराट कोहलीसँग दोस्रो विकेटका लागि ९८ रन जोडे । उनी हसन अलीको बलमा आउट भएपछि भारतको गति सुस्त भएको थियो । कोहलीले ७७ रन जोडेका थिए । पाकिस्तानी बलरमा मोहम्मद आमीरले सर्वाधिक ३ विकेट लिएका थिए ।
पाकिस्तान

प्रतिक्रिया दिनुहोस्