३० हजार घूस लिने दुई जनाविरुद्ध मुद्दा दायर



काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेलका नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनीहरुले जग्गा नाप जाँच गर्ने क्रममा आलटाल गरी विभिन्न बाहनामा सेवाग्राहीसँग रु ३० हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले कार्यालय सहयोगी विष्टमार्फत सर्वेक्षक यादवले घुस लिने गरेको पाइएको जनाएको छ ।

आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार उनीहरुलाई बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्