इन्द्रसरोवरमा डुब्दा एक युवक बेपत्ता



हेटौंडा ।
मकवानपुरको इन्द्रसरोवर–१, मार्खुमा रहेको इन्द्रसरोवर तालमा डुबेर एक युवा बेपत्ता भएका छन् । जेभियर इन्टरनेशनल कलेज काठमाडौंबाट शैक्षिक भ्रमणमा आएका एक विद्यार्थी आइतबार दिउँसो डुबेर बेपत्ता भएका हुन् ।

कलेजमा अध्ययनरत् करिब २४ वर्षका सौरभ भेटवाल पौडी खेल्ने क्रममा दिउँसो करिब पौने २ बजे बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बेपत्ताको खोजी कार्य जारी छ । कुलेखानी जलविद्युत्का लागि मानवनिर्मित उक्त तालमा वर्षेनी यस्ता अप्रिय घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्