डोटीको दुर्गामाडौँ स्वास्थ्य चौकीमा पहिलो पटक फार्मेसी सेवा



SONY DSC

विमल विष्ट, डोटी ।
डोटी जिल्लाको केआईसिंह गाउँपालिका ४ दुर्गामाण्डौ स्वास्थ्य चौकीमा जिल्लामै पहिलो पटक फार्मेसी (सहुलियत औषधी) सेवा स्थापना गरिएको छ । जिल्लाका नौ वटा स्थानिय तहमा फार्मेसी सेवा स्थापना गर्ने केआईसिंह गाउँपालिका पहिलो गाउँपालिका हो ।

गाउँपालिकाको आफनै लगानीमा स्थापना गरिएको उक्त फार्मेसीको जिल्ला समन्वय समितिका उप संयोजक शसि सोव तथा गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले आज आईतवार एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । गाउँपालिकामा रहेका स्थानियले सहुलियत दरमा गाउँमै औषधी पाउन भन्ने उदेश्यका साथ उक्त फार्मेसीको स्थापना गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य बिरामी परेका यहाँका नागरिकले औषधी गर्न घण्टौ टाढा दिपायल पुगेर हजारौ रकम खर्च गरेर उपचार गर्न बाध्य थिए,त्यसको अन्त गर्न हामीले फार्मेसी स्थापना गरेका हौँ ।”

गाउँपालिकाले यस अघि आफनै रकममा एकजना एमबिबिएस डाक्टरको समेत व्यवस्था गरिसकेको छ भने केही दिन भित्रमै एक्सरे सेवा प्रदान गर्ने तयारी गरीरहेको उक्त कार्यक्रममा जानकारी दिईएको थियो । आफनै लागनीमा फार्मेसी स्थापना गर्ने तथा डाक्टर ल्याउने केआईसिंह गाउँपालिका डोटीका नौ स्थानिय तहमा पहिलो भएकोमा धन्यबाद दिदै सबै स्थानियतहले केआईसिंह गाउँपालिकाको सिको सिकि डाक्टर तथा औषधीको व्यवस्था गर्नु पर्ने जिल्ला समन्वय समितिका उप संयोजक शसि सोवले बताउनुभयो । उहाँले भन्नुभयो, “केआईसिंह गाउँ पालिकाले डाक्टर र औषधीको व्यवस्था गर्न सक्ने अरुले गर्न नसक्ने हुन्छ,सबै स्थानिय तहमा अब अनिवाय डाक्टर र फार्मेसीको व्यवस्था हुनुपर्छ ।”

केआईसिंह गाउँपालिकाले दुर्गामाण्डौ स्वास्थ्य चौकीमा सञ्चालन गरेको फार्मेसी सेवाबाट त्यहाँका स्थानियले अब गाउँमै ११३ प्रकारका औषधी सुपथ मुल्यमा पाउने भएको स्वास्थ्य संयोजक तिलबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सञ्चालन गरेको फार्मेसीबाट स्थानियले गाउँमै ११३ प्रकासका औषधी सुपथ मुल्यमा पाउने छन्,सामान्य तया उपचारकालागि बिरामीले अन्त धाउनु पर्ने अवस्था आउने छैन् ।” गाउँपालिकाले स्वास्थ्य चौकीमा फार्मेसी सेवा स्थापना गरेपछि घरैमा औषधी पाउने आसामा त्यहाँका स्थानियहरु खुसि भएको स्थानिय लक्षमण पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य बिरामी पर्दापनि औषधीकालागि हामीले अन्यत्र जानु पर्ने अवस्था थियो, अब आफनै गाउँपालिकाले फार्मेसी सेवा खोलेको छ,घरैमा औषधी पाउने भयौँ ।” उक्त फार्मेसी सेवाले छिमेकी स्थानिय तह बोगटान फुड्सिलका केही वडाका नागरिकले पनि सहुलियत पाउने भएका छन् ।

त्यस्तै उक्त गाउँपालिकाले दुर्गामाण्डौ स्वास्थ्य चौकीमा निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा समेत सुरु गरेको छ । केआईसिंह गाउँपालिका वडान. ४का वडा अध्यक्ष जयलाल धामीको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला अस्पताल डोटीका डाक्टर ग्रीस अवस्थी,जिल्ला समन्वय समितिका सदस्य तुलसा साउद,जिल्ला अस्पतालका नायव सुब्बा रुपसिंह मल्ल,स्वास्थ्यकर्मी, स्थानिय महिला स्वयम सेबीका,स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्