नापी कार्यालयले रकम भुक्तानी गर्न आलटाल गर्न खोजेको व्यवसायीको आरोप



सञ्जय कार्की, रौतहट ।

एक बर्षदेखि नापी कार्यालय चन्द्रनिगाहपुरले ब्यबसायीलाई भुक्तानी गर्नु पर्ने रकम दिन आलटाल गरेको छ । चन्द्रनिगाहपुरमा कार्यालय स्थापना गर्ने क्रममा यहाँका ब्यबसायीसंग खरिद गरेको फर्निचर र कम्युटरको भुक्तानी गर्नु पर्ने रकम दिन आनाकानी गरेको ब्यबसायीको गुनासो रहेको छ ।

ऋण लगानीमा ब्यबसाय गर्दै आएका ब्यबसायीको रकम एक बर्ष बितिसक्दा समेत नापी कार्यालयले भुक्तानी नगरेपछि उनीहरु मर्कामा परेका छन । चन्द्रनिगाहपुरका ब्यबसायी दिबाकर सापकोटाको पसल बाट फर्निचर (कार्पेट, सोफा, कुर्सी) यस्तै स्काई कम्युटर नेट बाट उधारोमानै कम्युटर जडान गरेको नापी कार्यालय चन्द्रनिगाहपुरले रकम भुक्तानी गर्न मानेको छैन ।

रकम भुक्तानी नभएपछि ब्यबसायीहरु नापी कार्यालय घेराउ समेत गरेका छन । नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख संजय साहले रकम नभएको कारण भुक्तानी नगरेको बताउनु भयो । उहाले भन्नु भयो रकम निकासाको लागि बिभागमा जतिपटक ताकेता गर्दा पनि बेवास्ता भएको बताउनु भयो ।

कार्यालय ब्यबस्थापनका लागि प्रयोग भएका सामानको रकम निकासा गर्न पटक पटक माग गरिएको छ तर बिभागले चासो देखाएको छैन किन हो निकासा नभएको यस बिषयमा आफु समेत अनभिज्ञ भएको उहाको भनाई रहेको छ । नापी कार्यालय चन्द्रनिगाहपुरले ब्यबसायी लाई ७ लाख रुपैया भुक्तानी गर्न बाकी रहेको जनाएको छ ।

आर्थीक बर्ष सकिन लाग्दा समेत रकम नपाउने होकी भन्ने चिन्ता ब्यबसायी लाई रहेको छ । फर्निचर व्यवसायी दिवाकर सापकोटाले एक लाख ७० हजार पाउनु पर्ने बताउनु भयो । उता कम्प्युटर बिक्री गरेका बरुण साहले पनि आफुले करीव ४ लाख भुक्तानी पाउन बाकी रहेको गुनासो गर्नु भएको छ । नापी कार्यालयले उधारोमानै जडान गरेको सामानको रकम नदिने हो भने सोही सामान भएपनि आफुहरुले फिर्ता पाउनु पर्ने माग ब्यबसायीको रहेको छ ।

रौतहट २ असाढ । अत्यधिक गर्मी बढेसंगै रौतहटको चन्द्रपुर नगरपालिका भित्रका बिद्यालयहरु बन्द गरिएको छ । चन्द्रपुर नगरपालिकाको शिक्षा, युबा तथा खेलकुद शाखाले आईतबार सामुदायिक तथा संस्थागत बिद्यालय लाई पत्र पठाउदै आगामी असाढ ६ गते सम्म बिद्यालय बन्द गर्ने निर्णय भएको जानकारी गराएको छ ।

बिद्यालय खुल्ला हुदा अध्यनरत बिद्यार्थीहरु मर्कामा परेका थिए । उता गौर नगरपालिकाले बिद्यालय खुल्ने समय भने घटाएको छ । गर्मीकै कारण रौतहटको बजारमा चहल पहल भएको छैन । ब्यापार ब्यबसायमा समेत मन्दि आएको छ । ग्रामिण भेग बाट शहरी क्षेत्रमा आउनेहरुको संख्यामा कमी आएको छ ।

घर समेत तातेर मानिसहरु पीडित भएका छन । जमिनहरु फाटन थालेको छ । पीच सडकहरु पग्लिदो अबस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्